फ्रान्सका खेलाडीलाई हराउँदै प्रिन्स क्वाटरफाइनलमा फ्रान्सका खेलाडीलाई हराउँदै प्रिन्स क्वाटरफाइनलमा

  • फ्रान्सका खेलाडीलाई हराउँदै प्रिन्स क्वाटरफाइनलमा
  • फ्रान्सका खेलाडीलाई हराउँदै प्रिन्स क्वाटरफाइनलमा
  • फ्रान्सका खेलाडीलाई हराउँदै प्रिन्स क्वाटरफाइनलमा
  • फ्रान्सका खेलाडीलाई हराउँदै प्रिन्स क्वाटरफाइनलमा
  • फ्रान्सका खेलाडीलाई हराउँदै प्रिन्स क्वाटरफाइनलमा
  • फ्रान्सका खेलाडीलाई हराउँदै प्रिन्स क्वाटरफाइनलमा

अन्तर्राष्ट्रिय ब्याडमिन्टन : फ्रान्सका खेलाडीलाई हराउँदै प्रिन्स क्वाटरफाइनलमा

27 April, 2019 10:00 | खेल | comments | 13800 Views

फ्रान्सका खेलाडीलाई हराउँदै प्रिन्स क्वाटरफाइनलमा

नेपालका युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डको राजधानी बैंककमा जारी ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय प्रतियोगिता’को ब्वाइज यु–१७ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रिन्सले प्रिक्वाटरफाइनलमा फ्रान्सका लानिर एलेक्स मिचेललाई २-० को सोझो सेटमा पराजित गरेका हुन् ।

adsads

प्रिन्सले पहिलो सेटमा मिचेललाई २१–१९ अङ्कले तथा दोस्रो सेटमा २३–२१ अङ्कले पराजित गरी अन्तिम आठमा स्थान बनाए । अब प्रिन्सले शनिबार क्वाटरफाइनलमा थाइल्याण्डका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । प्रिन्ससँगै भारतका तीन, थाइल्याण्डका दुई, मलेसिया र कोरियाका एक–एक खेलाडी क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रिन्सले यसअघि पहिलो चरणमा जापानका खेलाडीलाई २१–९ र २१–६ अङ्कले पराजित गरेका थिए । उनले दोस्रो चरणमा थाइल्याण्डका खेलाडीलाई २१–७ र २१–८ अङ्कले, तेस्रो चरणमा मलेसियाका खेलाडीलाई २१–१०, १७–२१ र २१–११ अङ्कले तथा चौथो चरणको खेलमा थाइल्याण्डका खेलाडीलाई २१–१० र २१–१३ अङ्कले पराजित गरेको बैंककमा रहनुभएका प्रिन्सका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिनुभयो ।

प्रिन्सले यसअघि गत वर्ष असोजमा युनाइटेड अरब इमिरेट्सको दुवईमा सम्पन्न ‘दुवई जुनियर इन्टरनेशनल सिरिज’अन्तर्गत पुरुष यु–१५ को उपाधि जितेका थिए । अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितमा नेपाली खेलाडीले पाएको यो नै अहिलेसम्मको ठूलो सफलता हो । उनले इन्डोनेशियाका खेलाडी क्रिस्टियन अगस्टिनलाई २१–११ र २१–११ अङ्कले पराजित गरेका थिए । उक्त प्रतियोगितामा भारत, पाकिस्तान, युएई, साउदी अरब, इन्डोनेशिया, स्वीडेन, बेलायत, केन्या, इजिप्ट, बहराइन र अल्जेरियाका खेलाडी सहभागी थिए । प्रिन्सले हालै प्रदेश ५ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा कास्य पदक जितेका थिए ।

दीपेश र रशिलालाई ब्याडमिन्टन उपाधि

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
फ्रान्सका खेलाडीलाई हराउँदै प्रिन्स क्वाटरफाइनलमा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!