अन्तर्राष्ट्रिय विमानस्थल पाँच घण्टा प्रभावित हुने

12 October, 2019 18:52 |कर्पोरेट/पर्यटन | comments | 7200 Views

    चिनीयाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण करीब पाँच घण्टा प्रभावित हुने भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शनिबार एक नोटम (नोटिस टु एयरमेन) जारी गर्दै राष्ट्रपति सीको आगमन र बिदाइको समयमा विमानस्थल प्रभावित हुने जनाएको हो ।

    adsads

    विमानस्थलका अनुसार शनिबार साढे दुई घण्टा र आइतबार साढे दुई घण्टा गरी जम्मा पाँच घण्टा विमानस्थलको उडान प्रभावित हुनेछ । शनिबार दिउँसो २ बजेर ५५ मिनेटदेखि साँझ ५ बजेर २५ मिनेटसम्म तथा आइतबार बिहान ११ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ५० मिनेटसम्मका लागि नोटम जारी गरिएको छ । सो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका उडान प्रभावित हुनेछन् ।

    अन्तरराष्ट्रिय उडानका लागि पार्किङ सीमितताका कारणसमेत उडान तालिका नोटम अवधिको अघि र पछि व्यवस्थापन गरिएको विमानस्थलले जनाएको छ । प्रभावित उडानको व्यवस्थापनका लागि उक्त उडानका दिनमा विमानस्थल २४सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । संशोधित उडान तालिका र चेकइन समयको जानकारी सम्बन्धित वायुसेवा कम्पनीबाट प्राप्त गर्न सकिनेछ । साथै संशोधिन अन्तर्राष्ट्रिय उडान तालिका विमानस्थल कार्यालयको वेबसाइटमा हेर्न सकिने जनाइएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!