अन्तर्राष्ट्रिय विमानस्थलमा तीन सय ५० जनाका लागि सुरक्षा आवास गृह निर्माण

18 November, 2020 11:28 | कर्पोरेट/पर्यटन | comments | 16800 Views

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘विमानस्थल सुरक्षा प्रहरी आवास गृह’ निर्माण गरिएको छ । विमानस्थलको सुरक्षाको काममा खटिने ३५० सुरक्षाकर्मीका लागि सामूहिक आवास गृह निर्माण सम्पन्न भएको हो ।

नवनिर्मित भवनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले विमानस्थल सुरक्षाका लागि छुट्टै युनिट गठन गर्ने बारेमा सरोकारवाला निकायसँग छलफल चलिरहेको बताउनुभयो । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार कूल रु ७ करोड १५ लाख १७ हजार लागतमा भवन निर्माण गरिएको हो ।

  

विमानस्थल कार्यालयअन्तर्गतको इञ्जिनीयरिङ महाशाखाले निर्माण गरेको सो भवन २०७५ असोज ६ गते सम्झौता भई २०७७ असोज ६ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो । कोरोना महामारीका कारण दुई महिना समय थप गरी निर्माण सम्पन्न गरिएको हो । दुई हजार ५०० वर्गमिटर क्षेत्रफलमा फैलिएको तीन तले सो भवनमा ३५० व्यक्तिका लागि आवास सुविधा उपलब्ध हुनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More