अन्तिम चरणको चुनाव अघि गुफामा ध्यान गर्दै भारतीय प्रधानमन्त्री मोदी

19 May, 2019 12:07 | विश्व समाचार | comments | 21600 Views

गहिरो आध्यात्मिक चेत भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हिजो शनिबारदेखि गुफामा गएर ध्यानमा बस्नुभएको छ । ६८ वर्षिय मोदीले गएको मार्चदेखि सुरु भएको चुनावी अभियानका क्रममा मोदीले दैनिक कम्तिमा तीन वटा कार्यक्रमलाई सम्बोधन गर्दै आउनुभएको थियो ।

adsads

चुनावका क्रममा १४२ र्यालीलाई सम्बोधन गर्नुका साथै चार वटा रोड शोमा भाग लिनुभएका मोदी उत्तराखण्डको केदारनाथ क्षेत्रको गुफामा ध्यान गर्न जानुभएको हो । आम निर्वाचनको अन्तिम चरण भन्दा एक दिन अघि ध्यानमा जानुअघि प्रधानमन्त्री मोदीले निर्वाचन आयोगसंग अनुमति लिनुभएको थियो ।

बिबिसिका अनुसार केदारनाथको ध्यान सकिएपछि आइतबार बद्रिनाथको दर्शन गर्नपनि जाने बताइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीलाई सम्मान गारद

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!