अन्तिम समयसम्म सेवामा सक्रिय थिए डा. नाकामुरा अफगानिस्तानमा

10 December, 2019 17:44 | जापान | comments | 30150 Views

गत बिहिबार अफानिस्तानमा बन्धुकधारीको आक्रमणमा परी मृत्यु हुनुभएका जापानी स्वयंसेवक डा. तेत्सु नाकामुरा अफगानिस्तानमा निकै लोकप्रिय रहेको र उहाँ निरन्तर अफगान जनताको सेवामा सक्रिय रहनुभएको सो हमलामा परी बच्न सफल एक सहयोगीले बताएका छन् ।

सो आक्रमणमा परी ७३ वर्षीय नाकामुरा सवार कारमा डिसेम्बर ५ का दिन बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा उहाँसहित अन्य छजनाको मृत्यु भएको थियो ।

  

अफगानिस्तानको सहायता कार्यमा चिरपरिचित नाकामुरा जापानी गैरसरकारी संस्था पेशावर काइको नेतृत्व गर्दै त्यहाँ सक्रिय हुनुहुन्थ्यो । यो संस्था युद्धग्रस्त अफगानिस्तानको पुनःनिर्माणमा सहायता गर्दैआएको थियो ।

घटनामा घाइते भएका एक सहायताकर्मीले एनएचकेलाई दिएको जानकारी अनुसार नाकामुराले हत्या हुनु तीनदिन पहिले सिंचाईको एक नहर निर्माण सम्पन्न समारोहमा सरिक हुनुभएको थिया । उहाँ स्वयं यो नहर निर्माणमा संलग्न हुनुहुन्थ्यो ।

नाकामुरामाथि हमला भएको कारभन्दा पछिल्लो कारमा सवाल उनले आक्रमण लगत्तै उनले नाकामुरालाई बोकेर कारको पछिल्लो सिटमाा राखेर अस्पताल लैजान खोजेका थिए तर गोलीले उनको कारको टायर फुटेका कारण सम्भव नभएको बताएका छन् ।

डा. नाकामुराको शव सोमबार उहाँको जन्मशहर फुकुओका लगिएको थियो । त्यतिबेला दर्जानौं जापानी विमानस्थल पुगेका थिए । त्यस्तै जापानमा रहेका अफगानी नागरिकहरुको पनि बाक्लो उपस्थिति थियो ।

उनीहरुले नाकामुराको तस्वीर सहित जापान र अफगानिस्तानको झण्डा र ब्यानर बोकेका थिए । नाकामुराको अन्त्येष्टि बुधबार (डिसेम्बर ११) मा फुकुओकामा गरिनेछ ।

नाकामुराको हत्याको विषयमा जापान प्रहरीले कूटनीतिक प्रक्रिया पुर्याएर अनसन्धान गर्ने बताएको छ । उता अफगान प्रहरीले सो हमलामा संलग्न भएको आशंकामा दुईजनासंग सोधपुछ गरिरहेको बताएको छ ।

अफगानिस्तानमा बन्धुकधारीको आक्रमणमा परी जापानी चिकित्सकको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More