अन्र्तराष्ट्रिय नेपाली कलाकार समाज युएईको प्रथम अधिवेशन सम्पन्न

20 July, 2016 16:43 |प्रबास | comments | 121950 Views

    uae
    भुपराज बस्याल युएई ;- रेखा घिमिरे लाई सर्वसम्मत अध्यक्षमा चयान गर्दै गत शुक्रबार बर दुबईको सिन्दी पन्जाब रेष्टुरेन्टमा अन्र्तराष्ट्रिय नेपाली कलाकार समाज युएईको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

    रेखा घिमिरेको स्वागत मन्तव्य सगँै शुरु भएको पहिलो चरणको कार्यक्रमको सभापतित्व अन्र्तराष्ट्रिय नेपाली कलाकार समाज युएईका अध्यक्ष मोहराज शर्माले गरेका थिए भने दोस्रो चरणमा निर्बाचन समितिका संयोजक नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष त्रिलोचन कोइरालाले गरेका थिए ।

    adsads
    कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

    साथै कार्यक्रममा एनआर एनका प्रतिनीधि, युएईमा क्रियाशिल विभिन्न नेपाली संघ संस्थाका प्रतिनीधिहरु, पत्रकार, लेखक, साहित्यकार, कलाकार आदिको उपस्थिती रहेको थियो । कार्यक्रममा पुरानो कार्यसमितिका महासचिव गोपीकृष्ण पंगेनीले समाजको संगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मण देवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    २३ सदस्यिय कार्य समिति पनि चयन गर्दै सम्पन्न अधिबेसनको नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा गोपी कृष्ण पंगेनी, उपाध्यक्षमा लक्ष्मण देवाली, उपाध्यक्षमा अनुराग थपलिया, महासचिवमा राम तामाङ, सचिवमा कुशल बुच्चा, कोषध्यक्षमा एम डी बोहोरा, सहकोषाध्यक्षमा दिपक गुरुङ, प्रवक्तामा धनेन्द्र मास्की राना मगर, सदस्यहरुमा क्रमशः मोहन बोगटी, नन्दु राई, सारिका सुनार, आशिकी पाण्डे, सुमन स्याङताङ, द्रोण श्रेष्ठ, मुनाल शिशिर, ओमकार पोखरेल, राजेश कोच, भविन वि सी कृष्ण खवास, लाल बहादुर ढेंगा, अमृता लिम्बु, चुमन काउछा र लोमु शेर्पा रहेका छन ।

    तामाङको सञ्चालनमा भएको अधिबेसन ले अधिवेशनले ग्लोबल प्रतिनीधिको रुपमा आशिष पुरुषलाई चयन गरेको छ । सोही अवसरमा ५ सदस्यिय संरक्षक समिति पनि निर्माण गरेको छ जसमा मोहराज शर्मा, उमेश राई, दलविरसिंह बराइली, भावना ढकाल र जे सागर रहेका छन । साथै ९ सदस्यिय सल्लाहकार समितिमा चन्द्र प्रसाद सापकोटा, समदर्शी काइला, निमेष गिरी, विजय सुब्बा, एकेन्द्र थापा, दिपा पाण्डे, राजेश दर्शन अर्याल, शालिक सुबेदी र मेघराज सापकोटा रहेका छन, भने नयाँ कार्य समितिको पहिलो बैठकले २ जना सल्लाहकार सदस्य थप गर्ने नव निर्वाचित कार्यसमितिका बरिष्ठ उपाध्यक्ष गोपीकृष्ण पंगेनीले बताए ।

    रुपन्देही सेवा समाज युएईको अबुधाबी क्षेत्रीय समिति गठन

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने

    फेसबुक

    प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!