देउवाका आलोचक नेताको साझा बैठकदेउवाका आलोचक नेताको साझा बैठक

  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक

अपाङ्गता भएका व्यक्तिलाई संविधानमा अधिकार सुनिश्चित- सभापति देउवा

2 December, 2019 23:30 |राजनीति | comments | 3000 Views

    नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गरिएको उल्लेख गर्नुभएको छ ।

    अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शुभकामना दिँदै उहाँले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि काँग्रेस सदैब क्रियाशील रहिरहने बताउनुभयो ।

    adsads

    संयुक्त राष्ट्र सङ्घले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकार प्राप्तिका लागि अन्तरराष्ट्रियरुपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ ।

    “नेपालको लोकतान्त्रिक आन्दोलनमा अपाङ्ग दिदीबहिनी तथा दाजुभाइले पु¥याउनुभएको साहसिक र महत्वपूर्ण योगदानको काँग्रेस उच्च सम्मान गर्दछ । मुलुकको जनसङ्ख्यामा उल्लेख्य सङ्ख्यामा रहेका अपाङ्गलाई राज्यको निर्णायक संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था हुनुपर्दछ भन्ने काँग्रेसको धारणा रहँदै आएको छ”, उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ ।

    सभापति देउवाले अपाङ्गता भएका व्यक्तिमा अन्तरनिहित क्षमता, दक्षता, सीप, योग्यता मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा सदुपयोग गर्न सकियोस् भन्दै अन्तरराष्ट्रिय अपाङ्ग दिवसको पूर्ण सफलताको शुभ–कामना व्यक्त गर्नुभएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    देउवाका आलोचक नेताको साझा बैठक

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More