अफगानिस्तानकी चर्चित महिला पत्रकारको गोली हानी हत्या

13 May, 2019 15:53 | विश्व समाचार | comments | 29100 Views

अफगानिस्तानका एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मङ्गलको हत्या भएको छ । उहाँलाई गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ ।

adsads

अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले यस हत्याको कडा शब्दमा निन्दा गरेका छन् । उनीहरुले ती महिलाका हत्यारालाई कारबाही माग गरेका छन् । साथै यस्ता हत्याका घटनामा संलग्नहरुलाई कानून बमोजिम कारबाहीका लागि पनि माग गरेका छन् ।

उहाँ विगतमा टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो । पत्रकार मिना मङ्गललाई राजधानी काबुलमा शनिवार दिउँसो गोली हानी हत्या गरिएको थियो ।

उहाँ राजनीतिमा पनि सहभागी हुनुहुन्थ्यो । उहाँ राजनीतिक सल्लाहकारको रुपमा कार्यरत हुनुहन्थ्यो । अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले उहाँका हत्यारालाई पक्राउ गरी कानूनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अफगान प्रहरीले अनुसन्धान थालेको बताएको छ । तर उहाँको हत्यामा संलग्न के हुन् भन्ने बारेमा भने अझै प्रस्ट भइसकेको छैन ।

त्यहाँबाट प्राप्त एक समाचारमा आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको सल्लाहकारका रूपमा कार्यरत रहेकै बेलामा मङ्गललाई शनिबार गोली हानिएको थियो ।

अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा कार्यरत संघ संस्था, सर्वोच्च अदालत, महिलाविरुद्धका हिंसासम्बन्धी आयोग र नागरिक समाजका प्रतिनिधिहरुले यस हत्याबारे गम्भीर रुपमा अनुसन्धान गर्न माग गरेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!