अफगानिस्तानको बम विस्फोटः ६३ जनाको मृत्यु

27 January, 2018 22:50 | विश्व समाचार | comments | 187800 Views

 

एजेन्सी- अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । १ सय ५१ जना घाइते भएका छन् । अफगान अधिकारीका अनुसार आक्रमणकारी विस्फोटक पदार्थले भरिएको एम्बुलेन्समा आएका थिए ।

  

प्रहरीका अनुसार, गृह मन्त्रालयको पुरानो भवन नजिक बम विस्फोट भएको हो। आक्रमणको जिम्मेवारी चरमपन्थी संगठन तालिबानले लिएको छ ।

एक हप्ता अगाडी काबुलको एक ठुलो होटलमा भएको आक्रमणमा २२ जनाको ज्यान गएको थियो । विस्फोट गरिएको क्षेत्रमा विदेशी दूतावास र प्रहरी मुख्यालय रहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार स्थानीय समयअनुसार मध्याह्न सवा १२ बजे बम विस्फोट भएको स्थानमा धेरै भिडभाड थियो । शहरको चारैतिर विस्फोटको धुवाँ देखिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् । घाइतेहरुको अवस्था निकै गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More