अफगानिस्तानमा बन्धुकधारीको आक्रमणमा परी जापानी चिकित्सकको मृत्यु

5 December, 2019 00:59 | जापान | comments | 26250 Views

अफगानिस्तानमा सहायताकार्यमा सक्रिय जापानी चिकित्सक ७३ वर्षीय तेत्सु नाकामुराको जलालावादमा बन्धुकधारीको आक्रमणमा परी मृत्यु भएको छ । अफगान अधिकारीहरुका अनुसार नाकामुरा सवार कारमा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा उहाँसहित अन्य छजनाको मृत्यु भएको हो ।

adsads

अफगानिस्तानको सहायता कार्यमा चिरपरिचित नाकामुरा एक जापानी गैरसरकारी संस्था पेशावर काइको नेतृत्व गर्दै त्यहाँ सक्रिय हुनुहुन्थ्यो । यो संस्था युद्धग्रस्त अफगानिस्तानको पुनःनिर्माणमा सहायता गर्दैआएको थियो ।

डा. नाकामुराको हमलामा परी निधन भएको घटनालाई लिएर संस्थाका प्रवक्ता मित्सुजी फुकुमोतोले पत्याउन गाह्रो परेको भन्दै नाकामुराविना पनि संस्थाले आफ्नो अभियान जारी राख्ने बताउनुभएको छ ।

पछिल्लो समय अफगानिस्तानमा तालिवानसंगै इस्लामिक स्टेटका कारण सुरक्षास्थिति विग्रदै गएको छ । यद्यपि यो घटनामा तालिवानले आफ्नो संलग्नता अस्वीकार गरेको छ । उसले नाकामुरामाथि हमला आफूहरुको नभएको बताउँदै नाकामुरा नेतृत्वको जापानी संस्था अफगानिस्तानको पुनःनिर्माणमा सहयोग गर्दैआएकोा बताएको छ ।

डा. नाकामुराको हमलामा परी निधन भएपछि अफगान राष्ट्रपति अशरफ गनी गहिरो दुःख व्यक्त गर्दै भन्नुभएको छ- “नाकामुरा बहुप्रतिष्ठित जापानी रहेको र उहाँले २० वर्षभन्दा लामो समयदेखि अफगानिस्तानको मद्दत गदै अफगानिस्तानमा जापानको परम्परागत जलसंरक्षण विधि भित्र्याएर त्यसलाई अनुकूल बनाउनुभयो ।”

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More