अबको पचास वर्ष कम्युनिष्टको सरकार : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गर्नुभएको छ । झापाको विर्तामोडमा शनिबार आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट शक्तिले सरकारको नेतृत्व गरेको नरुचाउने तत्वले कम्युनिष्ट आन्दोलन र त्यसको नेतृत्वविरुद्ध जनतामा केही भ्रम सिर्जना गर्न खोजेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आम जनताले पाँच वर्ष मात्र नभएर अबको पचासौँ वर्षसम्म कम्युनिष्टले नै सरकार चलाएको हेर्न चाहेका छन् ।”जनताको राजनीतिक अधिकार सुनिश्चित गर्ने जनआन्दोलन र जनयुद्धको नेतृत्व कम्युनिष्ट पार्टीबाट र सङ्घीय गणतान्त्रिक संविधानको निर्माण त्यसका नेतृत्वको सुझबुझपूर्ण एकताबाट भएको जनाउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “आर्थिक समृद्धि र शान्तिको युगतर्फ मुलुकलाई लैजाने अवसरसमेत नेपाली जनताले हामीलाई नै सुम्पिएका छन् ।”
सोही कार्यक्रममा नेकपाका नेता एवं संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्बाङले लामो सङ्घर्ष र बलिदानको जगमा जनता आफैँले लेखेको वर्तमान संविधान संसारकै उत्कृष्टमध्येको संविधान भएको बताउनुभयो । “हिजोका संविधान कुनै राणाले र कुनै राजाले जारी गरेका थिए”, नेता नेम्वाङले भन्नुभयो, “अहिलेको संविधान जनताले बनाएको हुँदा कसैले अपहरण गर्ला र जनताका अधिकार फेरि पनि छिन्ला कि भन्ने अब कुनै गुञ्जायस छैन ।”
पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुनेछ : अध्यक्ष दाहाल
तपाईंको प्रतिकृया
ताजा समाचार
- ५० लाख रुपैयाँ फिरौती नदिएपछि बम विस्फोट गराउने चारजना पक्राउ
- एजेण्डामा सहमति नभएपछि पौडेलपक्षको बहिष्कारकाबीच कांग्रेस बैठक
- सभामुख चयनमा तीनधार : उपसभामुख शिवमायाप्रति राष्ट्रपतिको चासो
- आइतबार सुरज मल्लको अन्त्येष्टि- उपस्थितिका लागि आव्हान
- राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९
- ‘नेपालको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर’
- ओशाका मेट्रो स्टेशनमा अनुहार पहिचानसहितको टिकट ढोका
- तीनहजार पाँचसय नौ मिटरको उचाईमा प्रेमगीत-३ को छायांकन (तस्वीरहरुसहित)
- साग सकियो- विदेशी खेलाडीको स्मृतिमा अझै छ पोखरा
- अशक्त ध्यानबहादुरको सहारा बनेको छ लोपोन्मुख पानी घट्ट
- कहिलेसम्म नेतृत्व खोजेर बसिरहने नेविसङ्घ ?
- पिपिएल- कसको भीडन्त कोसंग हुँदैछ ?
- आज उधौली, धान्य पूर्णिमा र योमरी पूर्णिमा धुमधामसंग मनाइँदै
- आजको राशिफल– २०७६ मंसिर २६ गते बिहिबार
- गोकर्णेश्वरको पर्यटकीय क्षेत्रको प्रचारप्रसार साहित्यमार्फत
- बैंक ह्याकमा सक्रिय विदेशी गिरोहलाई नेपाली एजेन्टको सहारा
- स्वर्ण पदक जित्ने खेलाडीलाई नौलाख रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा
- सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक
- नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी शुरु
- अनलाइन ठगीमा विदेशी नाइके नेपाली एजेण्ट- ठगिएको १४ करोडभन्दा बढी रकम विभिन्न बैंकमा
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


