गगन थापा गगन थापा

  • गगन थापा
  • गगन थापा
  • गगन थापा
  • गगन थापा
  • गगन थापा
  • गगन थापा

अब यहाँ सरकारका अरिङगालहरु मात्र सुरक्षित रहन्छन् (भिडियोसहित)

16 June, 2019 19:09 | राजनीति | comments | 15300 Views

पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक जस्ताको तस्तै पारित भए सरकारका अरिङगालहरुबाहेक अरु कोही सुरक्षित नरहने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिंदै सांसद थापाले प्रधानमन्त्री, मन्त्रीहरुले अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकारको महत्व थाहा भएको र समृद्ध देश बनाउन अभिव्यक्ति स्वतन्त्रताको महत्व आफूलाई थाहा भएको बताउने गरे पनि व्यवहार ठीक उल्टो भएको टिप्पणी गर्नुभएको छ ।

adsads

नेता थापाको टिप्पणी थियो- “केही दिनअघि प्रधानमन्त्रीले अक्सफोर्ड युनियनमा कुरा राख्दै भन्नुभयो, देशलाई समृद्ध बनाउन देशलाई समृद्ध बनाउन अभिव्यक्ति स्वतन्त्रताको महत्व कति हुन्छ मलाई थाहा छ । सम्माननीय प्रधानमन्त्रीले बेलायतको बारेमा त्यो भन्नुभएन, सरकारले यहाँ के गरिरहेको छ, सबैलाई थाहा छ ।”

“……. नेपालमा अभिव्यक्ति स्वतन्त्रताको हालत प्रधानमन्त्रीले कहाँ पुर्याएका छन्, त्यो सबैलाई थाहा छ । शासकीय शैलीमाथि प्रश्न गरियो भनेर पशुपति शर्माको गीतमा प्रतिबन्ध लगाएको अस्ति मात्रै हो……”

….. सनातनदेखि चलिआएको संस्कृतिको दायित्व बोकेको राज्यले गुठीलाई मासेर नेपालको सांस्कृतिक पहिचान सम्पदा मास्ने षड्यन्त्रका विरुद्ध बोल्ने मुख थुन्न लाठी र पानी फ्याँकेको त झन् अस्ति मात्र हो । “

…… “हाँस्यव्यङ्ग्य शैलीमा एउटा चलचित्रको समीक्षा गरे वापत कलाकार प्रनेश गौतम विना कारण केही दिनदेखि हिरासतमा छन् । यी केही प्रतिनिधि घटना मात्र हुन् ।”

घटना भयो भन्दा पनि यसलाई सरकारले कसरी लियो यो महत्वपूर्ण विषय हो । स्वतन्त्रताको अर्थ स्वच्छन्दता हैन भन्दै यी प्रत्येक घटनामा सरकारको भूमिका ठिक भएको भन्ने सरकारको दलिल छ । यो नै डरलाग्दो छ ।

संसदबाट पारित गराउन खोजिएको सूचना प्रविधि विधेयकले भन्छ- “कुनै पनि व्यक्तिलाई जिस्काउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, धम्क्याउने आसयले सामाजिक सञ्जालमा सन्देश सम्प्रेशित गरेमा ५ वर्ष कैद र १५ लाख जरिवानाको सजाय भोग्नुपर्नेछ ।”

सत्तापक्षकै सांसदहरुलाई सचेत पर्दै थापाको सुझाव थियो “प्रधानमन्त्रीकै पार्टीभित्र फरक मत राख्ने साथीहरु पनि होसियार ! यहाँ अब कोही पनि सुरक्षित छैन । यो कानुन परित भइसकेपछि यो कानुन कसरी प्रयोग हुन्छ, हामी अहिले अनुमान लगाउँन सक्छौँ । यहाँ अब सरकारका अरिङ्गालहरु मात्र सुरक्षित रहन्छन् ।”

पूरा विवरणका लागि यो भिडियो हेर्नुहोस्

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
गगन थापा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!