अब साकुरा फूलेको अवसरमा आयोजना गरिने समारोहमा कटौती हुने

14 November, 2019 17:41 |जापान | comments | 9000 Views

    जापानको राष्ट्रिय फूल साकुरा फुल्ने समयमा हुँदैआएको समारोह अब कटौती हुने भएको छ । हरेक वर्षको अप्रिलमा प्रधानमन्त्रीद्वारा यस्तो समारोहको आयोजना हुँदैआएकोमा अब नहुने क्याविनेट सचिव योशिहिदे सुगाले बताउनुभएको हो ।

    adsads

    बुधबार पत्रकारहरुमाझ सुगाले आउँदो वर्षदेखि साकुरा फूल अवलोकन गर्ने समारोहको आयोजना नगर्ने संकेत गर्दै सरकारले समारोहको रुपरेखाको राम्रो समीक्षा गर्ने बताउँदै सरकार मन्त्रिपरिषद सचिवालयले पाहुनाको नाम संकलन गर्छ तब प्रधानमन्त्री कार्यालय तथा सत्तादारी दलका नेताहरुको नाम सिफारिशको माग गर्दछन् ।

    प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, सचिव, उपसचिव आदिको निमन्त्रणा सिफारिशमा विचार गरिनेछ । उहाँले बताउनुभएको छ कि सरकार यस्ता तियमहरुको हमेसा पालना गर्दैआएको छ ।

    तर अब सरकार पाहुनालाई नियन्त्रित गर्न स्पष्ट योजना बनाउनेछ जसले पाहुनाको संख्या र समारोहकोा बजेट कम गर्न सकियो र सरकार आमन्त्रण प्रक्रियालाई अरु पारदर्शी बनाउन सकोस् ।

    त्यसैले अब निकै कम खर्च र कम मानिसहरुको उपस्थितिमा गराइनेछ । यसका लागि आम जनसमुदायको सुझाव आएको र सरकार उनीहरुको सुझावलाई ध्यानमा राखेर कार्यक्रमको रुपरेखा तयार गर्नेछ ।

    साकुरा फुलेसंगै सुरु भयो जापानमा वसन्त उत्सव

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    मुस्ताङमा पर्यटकको चाप बढ्दै

    फेसबुक

    मुस्ताङमा पर्यटकको चाप बढ्दै

    ट्वीटर

    सामाजिक सञ्जाल

    More