अमेरिकाका राज्य सिनेटर अमेरिकाका राज्य सिनेटर

  • अमेरिकाका राज्य सिनेटर
  • अमेरिकाका राज्य सिनेटर
  • अमेरिकाका राज्य सिनेटर

अमेरिकाका राज्य सिनेटरद्वारा कानुन मन्त्री ढकाल समक्ष भ्रमण बर्षमा नेपाल जाने प्रतिज्ञा

12 November, 2019 15:53 | प्रबास | comments | 10500 Views

अमेरिकाका राज्य सिनेटर

विजय थापा, डिसी । नेपाल सरकारले गर्न लागेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेप्लिज एसोसिएसन इन साउथइष्ट अमेरिका(नासा)ले औपचारिक रुपमा कार्यक्रम सुरू गरेको छ ।

adsads

एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल सरकारका न्याय तथा कानुन मन्त्री माननीय भानुभक्त ढकालको प्रमुख आतिथ्यमा कार्यक्रमको सुरुवात एटलान्टावाट भएको छ । नेप्लिज एसोसिएसन अफ जर्जिया (नाग)को सहयोगमा भएको कार्यक्रमको पानसमा बत्ति बाल्दै र रिबन काटेर भ्रमण बर्ष २०२० को ब्यानर खोलि प्रमुख अतिथिले कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कानुन मन्त्रीले प्रबासमा रहेर नेपालीहरुले नेपाल सरकारको कार्यक्रमलाई सफल बनाउन लागि परेको देख्दा खुशी ब्यक्त गर्दै सरकारको तर्फबाट पूर्ण सहयोग गर्ने बचनबद्धता ब्यक्त गर्नु भयो । उहाँले यस्ता कार्यक्रमहरुले सबै नेपालीहरुलाई जोड्न सहयोग पुर्याउने कुरा बताउनु भयो ।

 भ्रमण बर्ष

विदेशमा जन्मिएका दोस्रो पुस्तालाई नेपाल चिनाउन भ्रमण बर्षले मद्धत पुर्याउने ढकालको भनाई थियो । कार्यक्रमको विशेष अतिथिहरुमा जर्जिया राज्यका डेमोक्रेटिक पार्टीका सिनेटका नेता (लिडर) सिनेटर स्टिभ हेन्सन र सिनेटर शेख रहमान हुनु हुन्थ्यो ।

सो कार्यक्रममा बोल्दै सिनेटर स्टिभ हेन्सनले आफू नेपालीहरुको बिचमा आएर बोल्न पाउदा खुशी ब्यक्त गर्दै एट्लाण्टामा नेपाल दिवस मनाउन आफूले सिनेटमा प्रस्ताव लाने बताउनु भयो । अर्का सिनेटर शेख रहमानले आफूले नेपाल भ्रमण बर्षलाई सहयोग गर्दै २०२० मा नेपाल जाने बताउदै नासाले संचानल गर्ने कार्यक्रमको सफलताको कामना गर्नु भयो । कार्यक्रममा पूर्व अध्यक्षहरू राम चन्द्र बराल र संजिव सापकोटाले पनि शुभकामना सन्देश दिनु भएको थियो ।

नासाका अध्यक्ष विनय अर्यालको सभापतित्वमा भएको कार्यक्रममा नेप्लिज एसोसिएसन जर्जियाका अध्यक्ष कुमार केसिले सबैलाई स्वागत गर्दै भ्रमण बर्षलाई सहयोग गर्न अनुरोध गरेका थिए भने नासाका वरिष्ठ उपाध्यक्ष अम्बिका लोहनीले धन्यवाद दिएकी थिइन ।

१९९१ मा एटलान्टाबाट नै सुरु भएको नासाको आफ्नो कार्यकालको सुरुवात बैठक पनि एटलान्टाबाट नै सुरु गरेको बताउदै अध्यक्ष अर्यालले भ्रमण बर्षको कार्यक्रम पनि यहीबाट नै सुरु गरेको बताए ।कार्यक्रम संयोजक पर्यटनदूत तथा नासाका पूर्व अध्यक्ष राजा घलेले एक बर्ष भरि नासाले स्थानीय नेपाली सस्थाहरुसंग मिलेर बिबिध कार्यक्रम संचालन गर्ने बताए । स्थानीय बालबालिकाहरुले सांगीतिक प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाएका थिए ।

यसै गरि भ्रमण बर्षमा संचालन गरिने बिबिध कार्यक्रम मध्ये ४ वटा कार्यक्रम सोही दिन सुरुवात गरिएको छ । बिशेष गरि भ्रमण बर्षको संदेश जाने गरि अमेरिका मै हुलाक टिकट प्रकाशन गर्ने लक्ष्य राखिएको र एटलान्टा शहरको यातायात विभागसंग समन्वय गरि चारवटा गाडी रोक्ने स्थल शेल्टर ( बस चढ्ने र उत्रने सार्वजनिक स्थल ) मा भ्रमण बर्षको तुलहरु राखिएको छ ।

अमेरिकाका राज्य सिनेटर

जस मध्ये सार्वजनिक स्थलमा प्रचार प्रसार सामग्री प्रदर्शन, नेपाली व्यवसायीहरुलाई प्रचार सामाग्री हस्तान्तरण, सामाजिक संजाल (फेसबुक)मा भ्रमण बर्षको लोगो (प्रतिक चिन्ह ) लाई प्रोफाइल ( परिचय )को रुपमा प्रयोग गरि र ईमेल हस्ताक्षरको रुपमा भ्रमण बर्षको सन्देश प्रयोग गरि सुरुवात गरिएको छ ।

जस मध्ये सार्वजनिक स्थलमा प्रचार प्रसार सामग्री प्रदर्शन ,नेपाली ब्यबसायीहरुलाई प्रचार सामाग्री हस्तान्तरण ,सामाजिक संजाल (फेसबुक)मा भ्रमण बर्षको लोगो (प्रतिक चिन्ह ) लाई प्रोफाइल ( परिचय )को रुपमा प्रयोग गरि र ईमेल हस्ताक्षरको रुपमा भ्रमण बर्षको संदेश प्रयोग गरि सुरुवात गरिएको छ ।

यसरी नै अमेरिकाका विभिन्न राज्यका शहरहरुमा प्रचार प्रसार सामग्री तथा तुलहरु राख्न सके भ्रमण बर्षको सन्देश अमेरिका भरि नै सहज तरिकाले पुग्ने नासाका अध्यक्ष बिनय अर्यालले बताए ।

 भ्रमण बर्ष

अमेरिकामा भएका नेपालीका सबै खाले व्यवसायमा भ्रमण बर्षका प्रचार सामाग्रीहरु प्रदर्शन गर्ने कार्यक्रम अनुसार सिएनएनको मुख्यालयमा व्यवसाय संचालक रामजी पराजुलीलाई प्रचार सामग्री हस्तान्तरण गरियो ।

भ्रमण बर्ष सफल पार्न शिकागोमा दश हजार पर्चा बाडिने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अमेरिकाका राज्य सिनेटर

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस भ्रातृ संस्था लथालिंग

फेसबुक

कांग्रेस भ्रातृ संस्था लथालिंग

ट्वीटर

सामाजिक सञ्जाल

More