अमेरिकामा चिनियाँ भाषी चार पर्यटकको मृत्यु

21 September, 2019 18:25 |विश्व समाचार | comments | 3450 Views

    अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ । अमेरिकाको ब्रायस कन्योन नेसनल पार्क नजिकै उनीहरु चढेको बस शुक्रबार दुर्घटनाग्रस्त भएको थियो ।

    adsads

    राजमार्ग गस्ती टोलीका अनुसार दुर्घटना भएको बसमा ३० जना यात्रु रहेका थिए । टोलीले चार जनाको मृत्यु भएको र अरु १२ देखि १५ जना गम्भीर घाइते भएको जनाएको छ ।

    घाइतेहरुलाई उपचारका लागि घटनास्थल नजिकै रहेको अस्पतालमा भर्ना गरिएको छ । कतिपय जटिल घाइतेलाई भने एम्बुलेन्स मार्फत् अन्यत्र लगिएको अधिकारीहरुले जनाएका छन् ।स्थानीय समय अनुसार बिहान ११.३० मा ब्रायस कान्योन देखि ५.६ किलोमिटर टाढा बस दुर्घटनाग्रस्त भएको हो ।

    दुर्घटना भएको दुई मिनेटपछि आफूहरुलाई फोन आएको गस्ती टोलीका अधिकारीहरुले जनाएका छन् । घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको उनीहरुको भनाइ छ । अमेरिकाको एक स्वतन्त्र निकाय राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!