‘अमेरिकासँग कैदी आदानप्रदान गर्न इरान तयार’

10 December, 2019 15:34 | विश्व समाचार | comments | 9300 Views

इरानले अमेरिकासँग कैदी आदानप्रदान गर्न आफू तयार रहेको सोमबार जनाएको छ ।

इरानले कैदी साटासाट गर्न सहमति जनाएकोप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

adsads
उहाँले इरानको यो सहमतिलाई ‘धेरै सन्तोषजनक लचकता’ को संज्ञा दिनुभएको छ ।

सन् २०१६ देखि इरानमा रहेका चिनियाँमुलका अमेरिकी सियु वाङ र सन् २०१८ देखि अमेरिकामा रहेको इरानी मस्सौड सोलेइमानीलाई साटासाट गर्ने सहमति भएपछि इरानले यो सन्देश दिएको हो ।

“यो अहिले एउटा मात्रै साटासाट हो, अरु पनि साटासाट गर्न हामी तयार छौँ,” एक जना प्रवक्ता अलि राबैयाले भन्नुभयो ।

“कुनै सम्झौता र वार्ताबाट यस्ता समस्याको समाधान निकाल्न सकिन्छ,” उहाँले राज्यद्वारा सञ्चालित टेलिभिजनमा भन्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More