अमेरिका चीन व्यापार युद्ध- चीनमा रहेका जापानी कम्पनी धमाधम बाहिरिंदै

13 August, 2019 20:22 |जापान | comments | 32550 Views

    विश्वको पहिलो र दोस्रो ठूलो आर्थिक शक्ति अमेरिका र चीनबीचको व्यापार युद्धको असर जापानी कम्पनीहरुले भोग्नु परेको छ । दुई देशबचिको व्यापार तनाव साम्य हुनुको साटो बढ्दै गएपछि जापानी कम्पनीहरुले आफ्नो कारखाना चीनबाट बाहिर लैजान थालेका छन् ।

    adsads

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर १ देखि चनिबाट अमेरिका आयात हुने लगभग सबै उत्पादनमा अतिरिक्त शुल्क लाग्ने घोषणा गरेपछि सो शुल्कबाट बच्न जापानी कम्पनीहरुले आफ्ना उत्पादन संयन्त्र चीनबाट हटाउन सुरु गरेका हुन् ।

    जापानको प्रख्यात कम्पनी रिकोहले अमेरिका निर्यात हुने आफ्ना बहुउपयोगी प्रिन्टर, फोटोकपी मेसिनको उत्पादन थाइल्याण्डमा उत्पाद न गर्न सुरु गरिरहेको छ । अमेरिका र युरोपमा निर्यात हुने ती सामग्री यसअघि चीनिया कारखानामा उत्पादन हुन्थे ।

    साठी अर्ब डलर बराबरका अमेरिकी समानमा थप कर लगाउने चीनको घोषणा 

    चीनमा स्वीच गेम मेसिनको निर्माण गरिरहेको निन्तन्दोले अब अमेरिकामा निर्यात हुने सो उत्पादन भियतनाममा गर्न सुरु गरिसकेको छ । सार्प कर्पोरेशनको लिक्वीड क्रिस्टर डिस्प्ले (एलसीडी) तगा एयर क्लिनर उत्पादनका लागि पनि भियतनाममा कारखाना खोल्ने योजना बनाएको छ । यद्यपि सार्पका अधिकारीका अनुसार अमेसरिकाी चनि व्यापार विवादको नतिजा हेरेर आफ्नो उत्पादन भियतनाममा गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय हुनेछ ।

    त्यसै गरी विश्वप्रसिद्ध मित्सुबिसी इलेक्ट्रिकले अमेरिका निर्यात हुने केही अद्र्ध स्वचालित तथा औद्योगिक मेसिनको उत्पादन जापानमै गर्ने निर्णय गरेको छ । यससंगै अन्य थुप्रै कम्पनीहरुले यस्तै कदम उठाउने सम्भावना रहेको उद्योग विशेषज्ञहरुको भनाई छ ।

    अमेरिका–चीन व्यापारयुद्धले झस्कियो नेपाल

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!