अमेरिकि बिदेशमन्त्री जोन केरी जापानमा

15 April, 2013 17:16 | जापान | comments | 154950 Views

अमेरिकी बिदेशमन्त्री जोन केरी आइतबार जापान आइपुगेका छन । उत्तर कोरियालाई लिएर पछिल्लो समय खबरमा जोडिएको अमेरिका र एसियाली मुलुकसँगको छलफलमा निस्केका केरी चिनको भ्रमण सकेर जापान आइपुगेका हुन ।

 

 

  

१० दिने एसियाली मुलुकको भ्रमणमा निस्केका केरी जापानमा रहदा उच्च पदस्त जापानी अधिकारीलाई भेट्ने कार्यक्रम अनुरुप जापानी बिदेशमन्त्री फुमियो किशिदा र प्रधानमन्त्री शिन्जो आबेलाई भेटेका छन । सोमबार प्रधानमन्त्री आबेसँगको भेटमा केरिले भने,- कोरियाले आफैले आफ्नै खुट्टामा बन्चरो हन्न खोज्दै छ । उ आफै बिनासको बाटो रोज्दैछ ।” साथै केरिले प्रधानमन्त्री आबेलाई आवश्यक परे अमेरिकाले जापानलाई कोरियाली प्रायद्विपबाट हुन सक्ने खतराबाट जोगिन सहयोग गर्ने पनि बताए ।

 

 

यदी उत्तर कोरियाले चाहेमा अमेरिका बार्ताका लागि तयार रहेको र शान्ति निर्माणलाई सदैब पहिलो प्राथमिकतामा राखेको समेत बताए । उनले जापान आउनु पुर्व दक्षिण कोरिया र चिनको भ्रमण गरिसकेका छन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More