अमेरिकी लडाकु बिमान ओकिनावाबाट दक्षिण कोरिया पुगे

1 April, 2013 17:51 |विश्व समाचार | comments | 34800 Views

    जापानी क्षेत्र ओकिनावाबाट अमेरिकि लडाकु बिमान दक्षिण कोरिया पुगेका छन । अमेरिकाले दक्षिण कोरियालाई उत्तर कोरियाको धम्की बिरुद्ध कडा रुपमा प्रस्तुत हुन सल्लाह र सहयोग गर्ने भन्दै बिमान पठाएको हो ।

    adsads

    F-२२ नामक उक्त लडाकु बिमान दक्षिण कोरिया पुगेको आधिकारीक जानकारी सोमबार दिइएको हो । उत्तर कोरियाले पछिल्लो समय दक्षिण कोरिया र अमेरिकालाई आक्रमणको धम्की दिदै निरन्तर शक्ति प्रदर्शन गरिरहेको छ । सो कुराको जवाफमा सोमबार सेनालाई सम्बोधन गर्दै दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन-ह्एले आफु पनि दरिलो भएर प्रस्तुत हुने र धम्कीबाट नडराउने जनाउनु भएको छ ।
    यता उत्तर कोरियाका सैन्य प्रमुखले भने आफु अमेरिकाको प्रचार प्रसारको पछी नलाग्ने र आणविक शक्ति बिरुद्ध पनि नडराउने जनाएका छन । उनी भन्छन्,- हामीलाई धम्की नदिइयोस ।
    उत्तर कोरियाको सैन्य प्रदर्शन र पछिल्लो समय आएका अमेरिका र दक्षिण कोरिया बिरोधी घटना क्रमले अहिले यि देश बिचको माहोल तातेको छ । केही महिना पहिले उत्तर कोरियाले मिसाइल प्रक्षेपणका क्रममा अमेरिकाको न्युयोर्क सम्म निशाना लगाउन सक्ने मिसाइल तयार पारेको प्रतिकृया सार्वजनिक गर्दै आक्रमण पनि गर्न सक्ने भनेपछि शक्ति प्रदर्शन र सुरक्षा नितिका कार्यक्रमहरु ब्यापक देखिएका छन । जसको बिचमा अहिले दक्षिण कोरिया पनि परेको छ ।-एजेन्सी

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!