ट्रंप ट्रंप

  • ट्रंप
  • ट्रंप
  • ट्रंप
  • ट्रंप
  • ट्रंप

अमेरिकी करवृद्धिविरूद्ध प्रतिकार नगर्न ट्रम्पको आग्रह

13 May, 2019 23:15 | विश्व समाचार | comments | 45750 Views

चिनियाँ सामानमाथि हालै गरिएको करवृद्धिको प्रतिकारमा नउत्रन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताउनुभएको छ ।वासिङ्टनले गत हप्ता दुई खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमाथि यसअघि लगाइएको १० प्रतिशत कर वृद्धिलाई २५ प्रतिशतसम्म बढाउने निर्णयप्रति चीन तत्काल बदलामा उत्रिनुले दई देशबीचको सम्बन्धमा समस्या आउनसक्ने चेतावनी दिनुभएको हो ।

ट्रम्पले ट्वीटरमार्फत लेखेको एक सन्देशमा भनिएको छ, “चीनले कर वृद्धिको प्रतिकार गर्नु हुँदैन । यसले सम्बन्धलाई थप समस्यामा धकेल्ने छ ।”

अमेरिका–चीनबीच भएको दुई दिन लामो व्यापार वार्तापछि अमेरिकाले गत शुक्रबार चिनियाँ सामानमाथि करवृद्धि गरेको थियो । करवृद्धिका वाबजुद चीन र अमेरिकाबीच व्यापारसम्बन्धमा गत बर्षदेखि देखिएको तनाब अन्त्य गर्न केही महिना यता वार्ता चलिरहेको छ र वार्ताले निरन्तरता पाउने दुबै पक्षले बताउँदै आएका छन् ।

  

चिनियाँ सामानमा करबृद्धि गर्ने ट्रम्पको चेतावनीपछि एसियाली शेयर बजार खस्कियो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
ट्रंप

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More