अमेरिकी धावक क्रिस्टियन कोलम्यानअमेरिकी धावक क्रिस्टियन कोलम्यान

  • अमेरिकी धावक क्रिस्टियन कोलम्यान
  • अमेरिकी धावक क्रिस्टियन कोलम्यान
  • अमेरिकी धावक क्रिस्टियन कोलम्यान
  • अमेरिकी धावक क्रिस्टियन कोलम्यान
  • अमेरिकी धावक क्रिस्टियन कोलम्यान
  • अमेरिकी धावक क्रिस्टियन कोलम्यान

अमेरिकी धावक कोलम्यानले जिते १०० मिटर दौडमा स्वर्ण पदक

30 September, 2019 10:25 |खेल | comments | 4950 Views

    अमेरिकी धावक क्रिस्टियन कोलम्यान

    कतारको दोहामा जारी विश्व एथ्लेटिक्स स्पर्धामा अमेरिकी धावक क्रिस्टियन कोलम्यानले १०० मिटर दौडको स्वर्णपदक जितेका छन् । जमैकाका विश्वप्रसिद्ध १०० मिटर धावक उसेन बोल्टलाई पछ्याउँदै कोलम्यानले उपाधि जितेका हुन् ।

    adsads

    बोल्टले यस खेलबाट सन्यास लिइसकेका छन् । यसै महिनाको शुरुमा डोपिङ काण्डमा मुछिएका यी २३ वर्षीय अमेरिकी धावकले १०० मिटरको दूरी ९.७६ सेकेन्डमा पूरा गरेका थिए । यो उनको अन्तर्राष्ट्रिय स्पर्धामा पहिलो प्रतिष्ठित पदक हो ।

    एकसय मिटर दौडमा गत वर्षका विजेता जस्टिन ग्याटलिनले सो दौड ९.८९ सेकेन्डमा पूरा गरी दोस्रो स्थानमा चित्त बुझाए । उनी ३७ वर्षका भइसकेका छन् । क्यानडाका आन्द्रे डी ग्रेसले ९.९० सेकेन्डमा दौड पूरा गरी तेस्रो भए ।

    डोपिङको शंकामा परेका कोलम्यानले शारीरिक ऊर्जा वृद्धि गर्ने औषधि वा खानेकुरा नलिएको दाबी गर्दै आएका थिए । दोहाको यस प्रतिस्पर्धापछि उनी विश्वकै सर्वाधिक तिब्र गतिमा दौडने छैटौं व्यक्ति भएका छन् ।

    धावक उसैन बोल्टको म्यान्चेस्टर युनाइटेडबाट फूटबल खेल्ने सपना साकार होला ?

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    अमेरिकी धावक क्रिस्टियन कोलम्यान

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!