अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले अपहरण गरेका जापानीका परिवार भेट्ने

20 May, 2019 11:49 |जापान | comments | 26700 Views

    उत्तर कोरियाली नेतासंग खुलेर कुरा गर्ने प्रधानमन्त्री आबेको चाहना

    जापानका प्रधानमन्त्री शिन्जो आबेले जापानी नागरिक अपहरणका मुद्दामा उत्तर कोरियाली नेता किम जोङ उनसंग भेटवार्ता गर्न चाहेको बताउनुभएको छ । त्यस्तै उहाँले यही महिनाको अन्त्यमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जापान भ्रमणका क्रममा अपहरितहरुका परिवारसंग भेट गर्ने जानकारी दिनुभएको छ ।

    adsads

    आइतबार अपहरितका परिवारजनसंगको एक बैठकमा प्रधानमन्त्री आबेले सो कुरा बताउनुभएको हो । बैठकमा प्रधानमन्त्री आबे र मुख्यसचिव योशिहिदे सुगा सहभागी हुनुहुन्थ्यो । स्मरणीय के छ भने सुगा अपहरण मामिला मन्त्री पनि हुनुहुन्छ ।

    बैठकमा प्रधानमन्त्री आबेले अपहरणको मुद्दा समाधान सजिलो छैन तर जापानले पहल गरिरहनुपर्छ र किमसंग विनाशर्त भेटेर खुला वार्ता गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । सो बैठकअघि प्रधानमन्त्री आबेले साकिए योकोतासंग भेट्नुभएको थियो जसका छोरा मेगुमीलाई १९७७ मा उत्तर कोरियाली जासुसले अपहरण गरेका थिए ।

    सो भेटमा प्रधानमन्त्री आबेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि यो मुद्दा समाधान होस् भन्ने चाहना रहेको जानकारी दिनुभयो ।

    उत्तर कोरियाद्वारा जापानी पर्यटक मुक्त

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    टाढा जाँदा ‘प्रहरीलाई जानकारी दिनुस् !’

    फेसबुक

    टाढा जाँदा ‘प्रहरीलाई जानकारी दिनुस् !’

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!