अमेरिकी राष्ट्रपति ट्रम्पमा जेठा छोरा पनि सङ्क्रमित

21 November, 2020 17:34 | विश्व समाचार | comments | 25650 Views

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको शुक्रबार पुष्टि गरेका हुन् ।

“कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँले स्वास्थ्यकर्मीहरुको सिफारिस अनुसारका सवै मापदण्ड तथा नियमहरुको पालना गर्नुभएको छ,” ती प्रवक्ताले भनेका छन् । सङ्क्रमित पुष्टि भएसँगै उहाँ क्यारेन्टाइनमै रहनु भएको पनि प्रवक्ताले जानकारी दिएका छन् ।

  

यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको पुर्वसन्ध्यामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको थियो । त्यसैगरी ट्रम्पपत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अरु केही सदस्यहरु समेत केही समय अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको थियो ।

अहिले ट्रम्प जुनियरकी केटी साथी किमबेर्ली गुइल्फोयले पनि सङ्क्रमित हुनुभएको अधिकारीहरुले जानकारी दिएका छन् । ट्रम्प जुनियर हालै २५० भन्दा बढी अतिथिहरु सहभागी भएको भोजमा सहभागी हुनुभएको थियो । राष्ट्रपति कार्यालय ह्वाईट हाउसमै आयोजना गरिएको सो रात्री भोजमा सहभागी लगभग सवैले मास्क लगाएका थिएनन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More