अमेरिकी राष्ट्रपति बाराक ओबामा क्युबामा

22 March, 2016 16:40 | विश्व समाचार | comments | 213600 Views

अमेरिकी राष्ट्रपति बाराक ओबामा आइतबार क्युबा पुग्नुभएको छ । ऐतिहासिक भ्रमणका क्रममा उहाँ क्युबा पुग्नुभएको समाचारमा जनाइएको छ ।गएको करिब आठ दशकछिको दुई देशबीचको सम्बन्धको नयाँ अध्याय सुरुगर्ने यो भ्रमणलाई अत्यन्तै महत्वका साथ हेरिएको बताइएको छ ।

cuba

शीतयुद्धताकादेखिकै सत्रुतापूर्ण सम्बन्ध रही आएका यी दुई देशको सम्बन्ध पुनस्र्थापनास्वरुप गतवर्षदेखि विविध कार्यक्रम अघि सारिएको छ । यसअघि क्युबाको राजधानी हवानामा दुवै देशको झण्डा उठाएर सम्बन्धमा नयाँपनको सन्देश दिइएको थियो ।

  

आइतबार राष्ट्रपति ओबामा हवाना पुग्दा क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगोजले विशेष स्वागत गर्नुभएको थियो ।अमेरिकी प्रथम महिला मिचेल ओबामाका साथै कैयौँ उच्च सरकारी अधिकारीहरुका साथ क्युबा पुग्नुभएका उहाँलाई क्युबाको मार्ती अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

उहाँ मार्ती विमानस्थलमा पुग्दा भारी मात्रामा वर्षा भइरहेकोले विमानबाट ओर्लिएपछि राष्ट्रपति ओबामा र प्रथम महिला मिचेल ओबामालाई छाता ओढाइएका दृश्य टेलिभिजनहरुले देखाएका थिए ।उहाँले पहिलो दिन हवाना भियजाको भ्रमण गर्नुहुने छ । उक्त सहरलाई पुरानो हवाना पनि भनिन्छ । विश्व सम्पदा सूचीमा सूचिकृत उक्त सहर क्युबाको एक प्रसिद्ध सांस्कृतिक सहर हो ।

उहाँसँग उहाँका दुई छोरी पनि हुनुहुन्छ । उहाँको परिवारले नै सो सहरको भ्रमण गर्दा उक्त सहरको ऐतिहासिक एवम् सांस्कृतिक रुपमा दुई देशबीचको सम्बन्धलाई मापन गरिने विश्लेषण गरिएको छ ।सोमबार उहाँले क्युबाली राष्ट्रपतिसँग भेटवार्ता गर्नु अगावै उहाँले क्युबाली राष्ट्रपिताका रुपमा स्मरण गरिने जोसे मार्तीको समाधिस्थलमा श्रद्धान्जली अर्पण गर्नुहुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति ओबामा र क्युबाली राष्ट्रपति राउल क्यास्त्रोबीच पनि भेटवार्ताका कार्यक्रम छ । उहाँहरुबीचको वार्तापछि संयुक्त प्रेस विज्ञप्ति पनि जारी हुने कार्यक्रम रहेको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।सोमबारै राष्ट्रपति ओबामाले हवानामा क्युबाली र अमेरिकी उद्यमी तथा व्यापारीहरुसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

सो अन्तरक्रियामा उहाँहरुबीच अमेरिका र क्युबाबीचको आर्थिक साझेदारिताको विकासका साथै लगानीका नयाँ नयाँ सम्भावनाहरुको बारेमा पनि छलफल हुने छ ।अमेरिकी राष्ट्रपतिका रुपमा उहाँको यो भ्रमण सन् १९२८ पछि पहिलो पटक भएको हो । आधा शताब्दिभन्दा पनि लामो समयपछि भएको उहाँको यो भ्रमणका क्रममा महत्वपूर्ण विषयमा छलफल वा सम्झौताभन्दा पनि सम्बन्धको सुधारका क्षेत्रमा प्रगति हुने जनाइएको छ ।

सन् २०१४ को डिसेम्बरमा अमेरिकी राष्ट्रपति ओबामा र क्युबाली राष्ट्रपति क्यास्त्रोबीच सम्बन्धको सुधार गर्ने विषयमा सहमति भएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More