अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच भेटवार्ता : दुई पक्षीय हित, व्यापार तथा अन्य विविध विषयमा छलफल

27 April, 2019 17:30 | जापान | comments | 17850 Views

अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच भेटवार्ता

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जे आबेबीच अमेरिकामा भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा शुक्रबार भएको भेटवार्तामा उहाँहरुले दुई पक्षीय हित, व्यापार तथा अन्य विविध विषयमा छलफल गर्नु भएको छ ।

adsads

उहाँहरु बीच भेटवार्ता हुनु अगाडी ट्रम्प र आबेले पत्रकारहरुसँगको कुराकानीमा व्यापार सम्झौताको तयारी भएको बताउनु भएको थियो । त्यसैका लागि जापानी प्रधानमन्त्री आबे ह्वाईट हाउस आएको उनीहरुको भनाई थियो ।

ट्रम्पले वासिङ्टन र टोकियोबीच विगतको सम्वन्धमा थप सुधार गर्दै दिर्घकालिन सम्झौता हुन लागेको पनि बताउनु भएको थियो । विश्वका प्रभावशाली दुई देशका यी शिर्ष नेताबीच सिमा शुल्कका बारेमा भने अहिले पनि मतान्तर नै रहेको छ ।

चीनमा विश्व नेताहरुको सम्मेलन भइरहेका बेला भएको ट्रम्प र आबेको भेटवार्तालाई विश्वभरी नै चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्री आबे अमेरिका, फ्रान्स र क्यानाडाको भ्रमण गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!