स्पन्दन थापास्पन्दन थापा

  • स्पन्दन थापा
  • स्पन्दन थापा
  • स्पन्दन थापा
  • स्पन्दन थापा
  • स्पन्दन थापा
  • स्पन्दन थापा

अष्ट्रेलियाको तेक्वान्दो नेशनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक

12 September, 2019 15:02 |खेल , प्रबास | comments | 5700 Views

    स्पन्दन थापाअष्ट्रेलियन तेक्वान्दो नेशनल च्याम्पियनसिप २०१९ टुर्नामेन्टको फिदरवेट समूहको प्रतिस्पर्धामा नेपाली मूलका १३ वर्षीय स्पन्दन थापाले रजत पदक प्राप्त गरेका छन् । अष्ट्रेलियाको गोल्ड कोष्टमा अबस्थित कारारा स्टेडियममा सम्पन्न भएको उक्त प्रतियोगितामा थापाले प्रतिद्वन्दीलाई सजिलै पराजित गरी उक्त सफलता हात पारेका हुन् ।

    adsads

    माता सुमि श्रेष्ठ, पिता शंकर थापा र एक भाइका साथमा मेलबर्नको सेन्ट अल्बान्समा बसोबास गर्दै आएका स्पन्दन सानै उमेरदेखि नै विभिन्न खेलमा रुचि राख्थे । पढाइसंगै तेक्वान्दो खेल रोजेका स्पन्दनले भिक्टोरिया स्टेट सेलेक्सन टुर्नामेन्टमा सफल भएर उक्त राष्ट्रिय च्याम्पियनसिपमा सहभागी भएका थिए ।

    पढाईमा पनि अब्बल स्पन्दनले सन २०१६ देखि नै भिक्टोरियामा आयोजना भएका टुर्नामेन्टहरुमा विजय हासिल गरी विभिन्न पदकहरु प्राप्त गरिसकेका छन् । प्रतियोगितामा सहभागी विभिन्न देशहरूमध्ये स्पन्दन एक मात्र नेपाली थिए । उनी सेन्ट अल्बान्समा रहेको तेक्वान्दो प्लस अष्ट्रेलिया क्लबसंग आबद्ध छन् । उनको विजय पश्चात क्लवका प्रशिक्षक मार्कोले बधाई दिंदै स्पन्दनले आगामी दिनहरूमा तेक्वान्दोमा अझै धेरै प्रगति गर्न सक्नेमा आफू र क्लब ढुक्क रहेको बताए ।

    मेलबर्न नेप्लिज कम्युनिटी वेस्टका वर्तमान अध्यक्ष स्पन्दनका पिता शंकर थापा र रजिस्ट्रर नर्सको रुपमा कार्यरत माता सुमि श्रेष्ठ छोराको यो जितले निकै गर्वान्वित भएको बताउईन भने स्पन्दन आफूलाई यो जितले अझ बढी हौसला मिलेको बताउछन ।

    कोलोराडोमा अन्तरराष्ट्रिय कराते प्रतियोगिता सम्पन्न,नेपालीलाई ६ पदक

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    स्पन्दन थापा

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!