असार लागेपछि बढ्यो खर्चको गति- आठ दिनमा ३१ अर्ब खर्च

24 June, 2019 19:01 |अर्थ | comments | 11850 Views

    असार लागेपछि सरकारले बजेट खर्चको गति बढाएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार असारको पहिलो साताभित्रै सरकारले झण्डै ३२ अर्ब रुपैयाँ खर्च गरेको छ ।

    adsads

    महालेखा नियन्त्रकको कार्यालयका अनुसार असारको पहिलो हप्ताको खर्च दैनिक चार अर्ब देखिएको छ । जेठ मसान्तसम्म ८ खर्ब २६ खर्ब ४५ करोड खर्च गरेको सरकारले असारको ८ गतेसम्म ८ खर्ब ५७ अर्ब ९४ करोड रुपैयाँ पुर्‍याएको छ ।

    यस हिसाबले गएको ८ दिनमा सरकारले ३१ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेको छ। यही हिसाबले सरकारले खर्च गरेको भए एक वर्षमा १४ खर्ब ६० अर्ब गर्नुपर्ने थियो । तर सरकारले १२ खर्ब पनि खर्च हुन नसक्ने प्रक्षेपण यसअघि नै गरिसकेको छ ।

    त्यसो त एक सातामा सरकारले पुँजीगत खर्च भने जम्मा ६ अर्बमात्र गरेको छ । त्यस्तै वित्तीय व्यवस्थामा जम्मा ३ अर्ब खर्च गरेको सरकारले २२ अर्ब चालु खर्च गरेको छ ।

    आर्थिक वर्षको अन्त्यतिर आएर अनुदान, भ्रमण तथा प्रशासनिक खर्च बढाएर सरकारले जसरी पनि खर्च देखाउने काम गरेको आरोप लाग्दै आएको छ ।

    जेठ मसान्तसम्म ६ खर्ब ३० अर्ब राजस्व संकलन गरिएकोमा आइतबारसम्म ६ खर्ब ४० अर्ब पुगेको छ । सरकारले ८ खर्ब ३१ अर्ब राजस्व उठाउने शुरुवाति लक्ष्य लिएको थियो । संसोधित प्रक्षेपण अनुसार संघीय सरकारले असार मसान्तसम्म ७ खर्ब ६० अर्ब राजस्व उठाउने छ । यसका लागि पनि बाँकी २२ दिनमा १ खर्ब २० अर्ब राजस्व उठाउनुपर्ने छ ।

    चालू खर्च सक्न सरकारलाई कुनै गाह्रो नभएपनि पूँजीगत खर्चको अवस्था भने दयनीय छ । अबको केही दिनमा पूँजीगत खर्चको पनि गति तीब्र हुनेछ । ११ महिना चुपलाग्ने अनि असार सुरु भएपछि खर्चको गति बढाउने प्रवृत्ति कायमै छ ।

    दुई तिहाई बहुमतको सरकारले पनि असारमै खर्च गर्ने भो ६० प्रतिशत बजेट

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!