चलचित्र 'कीर्तिपुर' चलचित्र 'कीर्तिपुर'

  • चलचित्र 'कीर्तिपुर'
  • चलचित्र 'कीर्तिपुर'
  • चलचित्र 'कीर्तिपुर'
  • चलचित्र 'कीर्तिपुर'
  • चलचित्र 'कीर्तिपुर'
  • चलचित्र 'कीर्तिपुर'

असार १३ देखि प्रदर्शन हुँदैछ ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’

5 June, 2019 15:31 | कला/मनोरन्जन , कलिउड | comments | 13650 Views

चलचित्र 'कीर्तिपुर'

तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ को सार्वजनिक प्रदर्शन असार १३ गतेदेखि प्रारम्भ हुने भएको छ । प्रदीप खड्गी यो चलचित्रका निर्देशक हुन् ।

adsads

फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको यो चलचित्र लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो । ‘ऐतिहासिक चलचित्र बनाउने वर्षौंको सपना अब साकार भयो । आफु कीर्तिपुरबासी भएकै नाताले पनि रहस्यको गर्वमा रहेको कीर्तिपुर आक्रमण घटनालाई चलचित्रकरण गर्न सफल भएकोमा उत्साही छु, चलचित्रका युवा निर्देशक प्रदीप खड्गीको भनाइ छ ।

साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित चलचित्र ‘कीर्तिपुर’ मा विगत ८ वर्ष देखिको अध्ययन र सम्बन्धित व्यक्तित्वस“गको समन्वयमा निर्माण्ँ गरिएको चलचित्र हो । कला निर्देशक केके माननधरका अनुसार चलचित्रमा पुरानै जीवनशैली, भौतिक संरचना तथा परिवेश सन्तुलित गर्नको लागि निर्माण अवधि लामो हुन गएको हो ।

पछिल्लो समयमा उत्कृष्ट ऐतिहासिक चलचित्र निर्माण गर्न भिज्यूअल इफेक्ट अनिवार्य प्रायः छ । तत्कालिन अवस्थाको पुरानै शैली यो चलचित्रमा प्रस्तुत गर्ने काम विदेशी अंग्रेजी चलचित्रमा आवद्ध भएर काम गर्दै आउनु भएका भीएफएक्स सुपरभाइजर सन्तोष केसीले गर्नुभएको छ ।

चलचित्रको मूख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित आदि कलाकारहरु प्रस्तुत भएका छन् । चलचित्रमा विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ निर्माता हुन् । शंकर महर्जन र नविन जोशीले चलचित्रको छायांकन गर्नु भएको हो ।

निर्देशक खड्गीका अनुसार केही वर्षअघि नै प्रदर्शन हुने पर्ने यो चलचित्रलाई राजनीतिक अस्थिरताका कारण विगतमा गृह मन्त्रालयले प्रदर्शनको अनुमति दिएको थिएन । राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको यो चलचित्रलाई अहिले आएर गृह मन्त्रालयले पनि प्रदर्शनको अनुमति दिएको निर्देशक खड्गी बताउँछन् ।

सेन्सर बोर्डले यो चलचित्रलाई यूनिभर्सल सर्टिफिकेट दिएको छ ।

यसरी गरेका थिए पृथ्वीनारायण शाहले कीर्तिपुरमा आक्रमण (भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
चलचित्र 'कीर्तिपुर'

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!