असुरक्षित गर्भपतन गराउँदा एक युवतीको मृत्यु

22 July, 2019 14:00 | जन सरोकार | comments | 8250 Views

असुरक्षित गर्भपतन गराउँदा पर्सामा एक युवतीको मृत्यु भएको छ । भारतको रक्सौल गएर असुरक्षित गर्भपतन गराउँदा पर्साको पोखरिया नगरपालिका–६ कि २० वर्षीया सावित्रीकुमारी शर्माको मृत्यु भएको हो ।

adsads

गर्भपतनपछि अवस्था गम्भीर बनेपछि सावित्रीलाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा असार २२ गते घटनाबारे थाहा पाएको प्रहरीले स्थानीय सिकेन्द्रप्रसाद चौहानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सावित्रीको उपचारकै क्रममा साउन ३ गते मृत्यु भएको हो । हाल उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । प्रहरीले सिकेन्द्रलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!