अस्ट्रेलियामा फैलदो डढेलो : वन जोगाउन गरिएको गलत अभ्यासको नतिजा त हैन ?

6 January, 2020 13:09 | जल/वातावरण/स्वास्थ्य , विश्व समाचार | comments | 57750 Views

यादब देवकोटा

अस्ट्रेलिया वन र वातावरण संरक्षणमा विश्वमै अब्बल मुलुक अहिले डढेलोको चपेटामा छ । विगत तीन महिनादेखि लगातार फैलिइरहेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन र दर्जनौं मानिस तथा करोडौं दुर्लभ वन्यजन्तुको मृत्यु भएको छ ।

  

अस्ट्रेलियाको वनमा लागेको डढेलो तीन महिनासम्म नियन्त्रणमा आउनुको साटो झन फैलदै जानुको कारण त्यहाँ सुकेका रुख, पातपतिंगर सफा नगर्दा हो जसले आगो फैलन मद्दत गर्यो । त्यसकारण विश्वलाई नै त्रस्त बनाउने गरी फैलिइरहेको अस्ट्रेलियामा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन र डढेलोका कारण सिडनी लगायतका क्षेत्रको तापक्रम ५० डिग्री पुगेको छ भने दर्जनौं मानिस तथा करोडौं वन्यजन्तुको मृत्यु भएको छ ।

गएको सेप्टेम्बरदेखि सुरु भएको आगलागीले अहिलेसम्म १ करोड ४० लाख बढी हेक्टर क्षेत्रफल प्रभावित भइसकेको छ । यो गत अगस्टमा क्युबाको अमेजन जंगलमा लागेको आगलागीले पुर्‍याएको क्षतिभन्दा दोब्बर हो । डढेलोका कारण छिमेकी मुलुकहरुमा समेत प्रभाव परेको छ । लाखौं हजारौँ मानिस समुद्री किनारमा आश्रय लिन पुगेका छन् भने दुई राज्यमा संकटकाल घोषणा गरिएको छ । डढेलोका कारण उडेको धुवाँको मुस्लो न्युजिल्याण्डसम्म पुगेको छ । डढेलोका कारण उठेको धुवाँको मुस्लोले न्युजिल्याण्डको अकल्याण्ड शहरको आकाश ढाकेको अधिकारीहरुले आइतबार बताएका छन् ।

मुस्लोले उत्तरी आइसल्याण्ड र दक्षिणी आइसल्याण्डको माथिल्लो भागलाई पनि ढाकेको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रका बासिन्दाले धुँवाको गन्ध थाहा पाउने अवस्था रहेको मौसम विभागका अधिकारीहरुको भनाइ छ ।

सरकारले डढेलो नियन्त्रणका लागि हरप्रयास गरिरहेको जनाएको छ भने वातावरण अत्यन्तै प्रदुषित भएपछि अस्ट्रेलियाली केन्द्र सरकारले लाखौं मास्क वितरण सुरु गरेको छ । अहिले राजधानी क्यानबेराको वायु १० गुणा बढीले प्रदुषित भएको छ भने न्यु साउथ वेल्स, भिक्टोरिया लगायतका केही क्षेत्रको वायुसमेत प्रदुषित बनेको छ ।

सरकारद्वारा प्रदान गरिएको मास्क पि–२ अर्थात एन ९५ मास्क जसले प्रदुषित हावामा भएको अत्यन्तै साना पदार्थहरुलाई छान्न सक्ने क्षमता राख्दछ। यो मास्कले डढेलोबाट उत्पन्न धुवाँले प्रदुषित बनाएको वायुलाई सास फेर्ने क्रममा सहयोग पुर्‍याउने बताइएको छ। स्वास्थ्यमन्त्री हन्टले केन्द्र सरकारको डढेलोबाट प्रभावितहरुलाई सहयोग गर्ने नीति अनुरुप मास्कहरु उपलब्ध गराइएको बताएका छन् ।

यसैगरी क्यानबेरामासमेत केन्द्र सरकारले १ लाख यस्तै मास्कहरु वितरण गर्ने भएको छ। विगत दुई सातादेखि क्यानेराको वायु अत्यन्तै प्रदुषित रहेका कारण आगलागी नियन्त्रणका लागि अग्रपंक्तिमा काम गरिरहेका र उच्च जोखिममा रहेका सर्वसाधारणलाई वितरण गरिने बताइएको छ। सिड्नी, मेलबर्न, क्यानबेरा लगायतको वायु प्रदुषण भएपछि बजारमा मास्कको अभाव भएको समाचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

लगातारको आगलागीका कारण यहाँका प्राय सबै राज्यको वायु प्रदषित छ। भिक्टोरियामा लागेको आगलागीका कारण न्युजिल्यान्डको केही क्षेत्रसमेत प्रभावित बनेको छ। मुख्य गरेर क्यानबेराको वायु प्रदुषणका कारण उक्त क्षेत्रको महत्वपूर्ण स्थानहरु नेसनल ग्यालरी, म्युजियम, अस्ट्रेलियन नेसनल युनिभर्सिटी, युनिभर्सिटी अफ क्यानबेरा बन्द गरिएको छ भने क्वान्टासले आफ्ना सबै फ्लाइटहरु रद्द गरेको जनाइएको छ ।

आगलागीका कारण अहिलेसम्म न्यु साउथ वेल्समा मात्र १८ जनाले ज्यान गुमाइसकेका छन् भने दक्षिण अस्ट्रेलिया र भिक्टोरियामा समेत करिब १ दर्जनले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म भिक्टोरियामा ७ जना हराइरहेका छन् । दर्जनौं स्थानमा अहिले पनि आगलागी भइरहेको छ । आगलागी नियन्त्रणका लागि ३ हजार बढी सेना खटाइएको छ ।

वन–जंगल प्रकृतिको धन हो र यही धनले मानव मात्र नभएर स्थावरजंगमका सम्पूर्ण प्राणीको रक्षा गर्छ । नेपालीमा एउटा उखान प्रचलित छ– ‘हरियो वन नेपालको धन’ अनि अर्को ‘जहाँ जंगल त्यहाँ मंगल’ । प्राणीमात्रको रक्षा गर्ने र मानवको धन वन–जंगल संरक्षण अहिले विश्वकै लागि अपरिहार्य भए पनि यसको संरक्षणको नाममा सुरक्षालाई ध्यान दिइएन भने यसले अकल्पनिय विनाश निम्त्याउँदो रहेछ भन्ने दृष्टान्त अस्ट्रेलियाको डढेलोले दिएको छ ।

अस्ट्रेलियाको डढेलोबाट हामीले पनि पाठ सिक्नुपर्ने अवस्था आएको छ । नेपालमा पनि सुख्खायाममा व्यापक मात्रामा डढेलो लाग्ने गरेको छ । यसलाई नियन्त्रण गर्न र कम गर्न सुकेका रुख, पातपतिंगरहरु हरेक वर्ष सफा गर्ने गर्नुपर्दछ । यसले एकातिर वन जोगाउँछ भने अर्कोतिर स्थानीयहरुको रोजगारी पनि सिर्जना हुनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More