अस्पतालमा लोड शेडिङ्ग हुँदा बिरामीको मृत्यु

16 November, 2014 01:48 | जन सरोकार , सुदुर पश्चिमाञ्चल | comments | 31200 Views

जिल्ला अस्पताल बझाङमा विद्युतको अभावका कारण एक शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलास गाविस घर भएको ५५ वर्षीय चट्टी सिंह रहेका छन् ।

जिल्ला अस्पताल बझाङले भने उनको मृत्यु विद्युत् अभावका कारण नभई खर्च अभावका कारण भएको जानकारी दिएको छ । आन्द्रा छेकिएको समस्या भएका बिरामी सिहंको जिल्लामा सम्भव नभएपछि नेपालगन्ज जान सल्लाह दिएको तर खर्चको अभावका कारण नेपालगन्जसम्म बिरामी पु¥याउन नसकेपछि उनको मृत्यु भएको जिल्ला अस्पताल प्रमुख चिकित्सक वीरबहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो “खर्चका कारण ज्यान जाने अवस्था देखेपछि बिरामीका आफन्तको सहमतिमा उनको शल्यक्रिया गरेका हौं तर बिरामी बचाउन सकिएन ।”

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More