वर्षा वर्षा

  • वर्षा
  • वर्षा
  • वर्षा
  • वर्षा
  • वर्षा

अहिलेको वर्षा र हिमपात नरोकिंदै अर्को प्रणाली सक्रिय : हिउँदे वर्षा लम्बिने

9 January, 2020 15:56 | जल/वातावरण/स्वास्थ्य | comments | 19050 Views

वर्षा

नेपालमा यसपटक यसअघि कमै मात्र भएको हिउँदे वर्षा र हिमपात भएको छ । नेपालमा तीनवटा न्यूनचापीय प्रणाली सक्रिय भएर देशभर वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ र यो क्रम अरु लम्बिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले जारी रहेको तेस्रो चरणको हिउँदे वर्षा नसकिँदै नेपालमा चौथो चरणको वर्षा गराउने नयाँ न्यूनचापीय प्रणाली पश्चिमबाट प्रवेश गर्ने तयारीमा रहेको छ ।

  

नेपालमा अहिलेसहित तीनपटक हिउँदे वर्षा भइसकेको छ । हिउँदे वर्षा कायम रहेका बेला तापक्रममा ह्वात्तै गिरावट नआए पनि चिसो भने लामै समय रहने अनुमान महाशाखाले गरेको छ । अझै पनि हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली सक्रिय रहेकाले थप वर्षा हुने क्रम जारी रहने महाशाखाका मौसमविद् बरुण पौडेलले बताउनुभयो ।

पौडेलले भन्नुभयो, “दुई–तीन दिन कायम रहेर छिटो वर्षा सकिने तर फेरि अर्को वर्षा भइहाल्ने खालको वर्षा चक्र चलिरहेको छ । औसतमा गएको वर्षभन्दा यसपटकको वर्षाको दर पनि बढेको छ ।” वर्षासँगै हिमपात पनि गएको वर्षभन्दा बढी भएको महाशाखाले विश्लेषण गरेको छ ।

तेस्रो पटकको हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली सोमबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको हो । जसका कारण मङ्गलबारदेखि नै देशभर बदलीको अवस्था कायम रह्यो । बुधबार बिहानैदेखि देशका विभिन्न भूभागमा वर्षा सुरु भएको मौसमविद् पौडेलले जानकारी दिनुभयो । बुधबार र बिहीबार पानी पर्ने क्रम उस्तै रहन्छ, शुक्रबारदेखि भने मौसम केही खुल्नेछ ।

उहाँका अनुसार देशको पश्चिमदेखि पूर्वसम्मका सबै आकाश बादलले ढाकेको छ । उच्च हिमाली र पहाडी भेगमा हिमपात सुरु भएको छ भने मध्य तथा तल्लो भेगमा वर्षा सुरु भएको छ । सुदूरपश्चिममा बिहीबार साँझ नै मौसम सुधार हुने सङ्केत रहे पनि अन्यत्र भने शुक्रबारबाट मात्र सुधार हुने उहाँले बताउनुभयो ।

तीन दिनसम्मको अवधिमा देशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान महाशाखाले गरेको छ । यस पालाको ४० देखि ८० प्रतिशतसम्मको वर्षा काठमाडौँलगायत विभिन्न मुख्य सहरमा हुने अनुमान गरिएको छ ।

तेस्रो न्यूनचापीय प्रणाली चलिरहँदा नेपालको सिमानातिर लम्कँदै गरेको अर्को न्यूनचापीय प्रणालीले फेरि सोमबारदेखि वर्षाको सङ्केत गरिरहेको मौसमविद् पौडेलले बताउनुभयो । उहाँले थप्नुभयो, “एकदम चाँडो चाँडो आइरहेको छ, शनिबार र आइतबार केही राहत महसुस गरिए पनि सोमबारदेखि फेरि बदलीको अवस्था आउँदै छ ।”

भूमध्य सागरमा उत्पन्न भएको पश्चिमी न्यूनचापीय प्रणाली कृष्ण सागर, क्यास्पियन सागरको आकाश हुँदै अफगानिस्तान, पाकिस्तान, जम्मुकाश्मीरको बाटो समातेर नेपालको पश्चिमी भूभागबाट वर्षा गराउन आइपुगेको हो । यस प्रणालीको आकार ठूलो भएमा तल तल उड्दै आउने गर्छ ।

सानो प्रणाली हुँदा भने उपल्लो क्षेत्रबाट नेपाल भित्रने गर्छ । अहिले कायम रहेको र आउने प्रणालीलाई बल दिन भारतको गुजरात र राजस्थानमा बनिरहेको दक्षिणी मौसमी प्रणालीले सघाइरहेको छ । जसले गर्दा हिउँदे वर्षाको समय र औसत दर वृद्धि गर्न मद्दत गरिरहेको महाशाखाले बताएको छ ।

वर्षा गराउने बादल देशका सबै आकाशमा फैलिएकाले भिजिबिलिटी कम हुँदै गएको छ । हाल कायम रहेको तीन किलोमिटर भिजिबिलिटीको मद्दतले अन्तर्राष्ट्रिय उडान गराउन सकिन्छ तर आन्तरिक उडानमा भने समस्या आउने कारणले हिमाली भेगका लुक्ला, जोमसोम लगायतका क्षेत्रमा जाने हवाई उडान बुधबार रद्द गरिएका छन् ।
मौसममा सुधार आएका अन्यत्र तल्लो भेगका उडानका लागि भने बलियो सञ्चार आदान प्रदानपछि मात्र अनुमति दिने गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानमा लागेको हुस्सु र कुहिरो विस्तारै हटेर जाने क्रममा रहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वर्षा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More