“अहिले केही नभए नाकाबन्दी गरेर देश विकास हुन्छ हो राजेन्द्र जी !”

2 May, 2019 10:25 | राजनीति | comments | 19200 Views

भारतको नाकाबन्दीकाबीच प्रधानमन्त्री बनेर भातको दादागिरीको डटेर सामना गर्नुभएका प्रधानमन्त्री केपी ओलीको मनमा अझै नाकाबन्दीको तुष बाँकी रहेछ । उहाँले बुधबार मजदुर दिवसको कार्यक्रममा “देश विकास नाकाबन्दी गरेर नहुने” भन्दै एक मधेशवादी नेतालाई कडा उत्तर दिनुभयो ।

adsads

बुधबार मजदुर दिवसको अवसरमा आयोजित संयुक्त कार्यक्रममा राजपा नेता राजेन्द्र महतोले सरकारले केही पनि नगरेको भन्दै आलोचना गरेपछि प्रधानमन्त्री ओलीले विगतमा कसैले गर्न नसकेको काम आफ्नो सरकारले गरेको दाबी गर्दै कसो गरे देश विकास भएको देखिने हो भन्दै अहिलेको काम केही नभए नाकाबन्दीले देश विकास हुने हो त भन्दै प्रश्न गर्नुभयो ।

प्रधानमन्त्री ओलीले कतिपयलाई केही पनि भएन भन्ने आदत लागेको बताउँदै साँच्चै केही नभएको हो र ? होइन । इतिहासमै कहिल्यै नभएको काम भएको छ । तर कसैकसैलाई केही नदेख्ने बानी लागेको छ ।

ओलीभन्दा राजेन्द्र महतो लगायतका नेताहरुले सरकारको आलोचना गरेपछि अन्तिममा बोल्नुभका प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गर्न थालेपछि राजपाले समर्थन फिर्ता लिएको दाबी गर्नुभयो ।

उहाँको प्रश्न थियो राजेन्द्रजीलाई सीमामा नाकाबन्दी गरेर डिजेल पेट्रोल रोकेर नेपालको विकास हुन्छ भनेर सोध्न सक्थे तर, सोध्दिनँ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राशिफल

फेसबुक

राशिफल

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!