“अहिले देश कालापानीमा एकीकृत छ अनशन बस्ने समय हैन”

11 November, 2019 14:44 |जन सरोकार | comments | 8700 Views

    शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डडेल्धुरामा एक सातादेखि अनशन बस्नुभएका डा. गोविन्द केसीलाई मुख्य मागहरु सम्बोधन भइरहेको बताउँदै अनशन तोडन आग्रह गर्नुभएको छ ।

    मन्त्री पोखरेलले मुलुक अहिले कालापानीको बहसमा रहेको र सिंगो देश कालापानीको विषयमा एकतावद्ध ढंगले अगाडि बढिरहेको बेलामा डा साबले अनशनको बाटो लिने होइन भन्दै अनशन तोड्न आग्रह गर्नुभएको हो ।

    adsads

    सोमबार शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा. केसीले अहिले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताउँदै डा केसीले उठाएका मुख्य मागहरु सम्बोधन भइरहेको समेत जानकारी दिनुभयो ।

    अनशनरत डा. केसीको स्वास्थ्य जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डाक्टर केसीका समर्थकले प्रदर्शन गरेका छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More