आँधीका कारण पाँचजनाको मृत्यु, ११ वेपत्ता, ९० जनाभन्दा बढी घाइते

13 October, 2019 12:08 |जापान | comments | 8700 Views

    शनिबार राजधानी टोकियो महानगर क्षेत्र लगायतका स्थानमा आँधीका कारण ५ जनाको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका छन् । त्यसै गरी ९० जनाभन्दा बढी घाइते भएको उद्धार दलका सदस्यहरुलाई उद्धृत गर्दै जापानी संचार माध्यमले जनाएका छन् ।

    adsads

    समाचार अनुसार आँधीका कारण भएको अतिवर्षाका कारण नदीहरुमा बढी आएर बस्तीमा पसेका छन् । त्यस्तै बाढी र पहिरोको चपेटामा परेको पूर्वी पूर्वी उत्तर क्षेत्रमा उद्धार कार्य जारी रहेको छ । जापानको मुख्य द्वीप होंशुमा ६० लाखभन्दा बढी मानिसलाई स्थान खाली गर्न सल्लाह दिइएको थियो । शनिबारदेखि यो समाचार तयार पादासम्म रेल, हवाई सेवा तथा दुकानहरु बन्द छन् ।

    जापान मौसम विज्ञान एजेन्सीले टोकियोको गुम्मा, सीतामा, कानागावा, यमनशी, नागानो, शिजुओका, निगाता र फुकुसिमा प्रान्तमा बढी शतर्क रहन चेतावनी दिएको थियो । अत्यधिक वर्षाका कारण बाँध फुट्ने खतरा बढेकाले बचाउका लागि आपतकालीन उपायका रुपमाा पानी निकास गरिएको छ । यसले नदीको बाढी अरु बढ्ने जोखिम भने बढाएको छ ।

    हबिगिस शताब्दीकै सबैभन्दा ठूलो आँधी : सुरक्षित हुने उपाय यस्ता छन्

    चिबामा आँधीले कार उडायो : एकजनाको मृत्यु- विभिन्न क्षेत्रमा दर्जन बढी घाइते

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!