आँधीका कारण १९ जनाको मृत्यु- १६ वेपत्ता र सयभन्दा बढी घाइते

13 October, 2019 16:42 |जापान | comments | 7800 Views

    शनिबार जापानको राजधानी टोकियो लगायत विभिन्न क्षेत्रमा आएको शक्तिशाली समुद्री आँधी हगिबीसले निम्त्याएको विपत्तिका कारण अहिलेसम्म १९ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । त्यसै गरी १६ जना हराइरहेको जापानी संचार माध्यमले जनाएका छन् ।

    adsads

    हगिबीसले शनिबार टोकियो महानगर क्षेत्रसहित देशको अधिकांश भागमा व्यापक क्षति पुर्याएको छ । उद्धारकर्ताहरुका अनुसार मध्य, पूर्वी र पूर्वोत्तर क्षेत्र बाढी तथा पहिरोको चपेटामा परेको छ । ती क्षेत्रमा उद्धारकार्य जारी रहेको छ । रक्षा मन्त्रालयले देशभर उद्धार तथा राहतका लागि लगभग २७ हजार सेल्फ डिफेन्स फोर्सका जवान परिचालित गरेको छ ।

    जापानको मुख्य टापु होंसुमा ६० लाखभन्दा बढी मानिसलाई बाहिर जान सल्लाह दिइएको थियो । भूमि, आवास, पारवाहन तथा पर्यटनमन्त्राले कमसेकम ४८ वटा पहिरो र नौ नदीले किनारा छोडेर बस्तीमा पसेको बताएको छ ।

    यसबीच राजधानी टोकियोको हानेदा विमानस्थल र अधिकांश शिन्कानसेन बुलेट रेल सेवा आइतबार विहानदेखि संचालनमा ल्याएको छ ।

    आँधीका कारण पाँचजनाको मृत्यु, ११ वेपत्ता, ९० जनाभन्दा बढी घाइते

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!