आँधी प्रभावितहरुको राहतका लागि हर प्रयास गरिने प्रधानमन्त्री आबेको प्रतिबद्धता

20 October, 2019 17:08 |जापान | comments | 5700 Views

    प्रधानमन्त्री शिन्जो आबे शक्तिशाली समुद्री आँधीबाट प्रभावित नागानो क्षेत्रको स्थलगत निरीक्षण गरी आँधीमा परी वेपत्ता भएकाहरुको खोजीमा हरप्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आइतबार नागानो प्रान्तका गभर्नरे सासंगै प्रभावित क्षेत्रको भ्रमणपछि प्रधानमन्त्री आबेले सो प्रतिबद्धता जनाउनुभएको हो ।

    adsads

    नागानो सरकारसंगको बैठकमा प्रधानमन्त्री आबेले भन्नुभयो सरकार वेपत्ता जनताको खोजी र जनजीवन सामान्य बनाउन हरसम्भव प्रयास गर्नेछ । प्रधानमन्त्री आबेले यसअघि फुकुशिमा मियागी प्रान्तको निरीक्षणपछि नागाना पुग्नुभएको थियो । त्यस क्रममा उहाँले आँधीबाट भत्किएको चीकुमा नदीकोा बाँध, बाढीमा परेका घर र क्षेत्रको निरीक्षण गर्नुभएको थियो ।

    यो सिजनकै सबैभन्दा शक्तिशाली मानिएको ‘हागिबीस’ आँधीका कारण भएको भारी वर्षाले बाढी र पहिरोका काण व्यापक क्षति भएको थियो । ७९ जनाको मृत्यु भएको थियो भने १० जना अझै हराइरहेका छन् । त्यस्तै सयौं घाइते भएका छन् । आँधीका कारण ५६ हजारभन्दा बढी घर अधिक क्षतिगस्त भएको सरकारले बताएको छ ।

    जापान सरकारले हागिबीस आँधीबाट भएको क्षतिलाई आधारण क्षति भनेको छ । असाधारणको अर्थ झण्डै संकटगस्त घोषणा बराबर हुनेछ र यस्तो घोषणाले पीडितलाई विशेष सहयोग मिल्नेछ । आँधीले निम्त्याएको वितण्डाका कारण अहिले पनि ४ हजार जना आश्रस्थलमा बसिरहेका छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!