आँसुको हैन क्षमताको राजनीतिमा विद्या- जनताको विश्वास देखेर दंग

18 November, 2019 15:52 |Homepage | comments | 16050 Views

    कास्की क्षेत्र नं. २ मा मंसिर १४ गते हुने उपनिर्वाचनको मिति जति नजिकिंदैछ सत्तारुढ नेकपा उम्मेदवार विद्या भट्टराईको पक्षमा जनलहर उति बढिरहेको हाम्रा पोखरा सम्वाददाताले जनाएका छन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि नेकपाले उहाँकी धर्मपत्नी विद्यालाई उम्मेदवार बनाएको हो ।

    adsads

    अहिले चुनाव प्रचारमा व्यस्त विद्या जनताको साथले उत्साहित हुनुभएको छ । वृद्धवृद्धादेखि महिला र विद्यार्थी तथा कलाकारहरुको दरिलो साथ र विश्वास पाएपछि विद्याले बिश्वासले सबै कुरा जितिन्छ भन्नुभएको छ ।

    विद्याको चुनाव प्रचार शैली पनि सालिन छ । प्राज्ञिक व्यक्तित्व भएका कारण पनि हुनसक्न उहाँ अरु दललाई गाली गरेर आफ्नो पक्षमा मत बटुल्ने प्रयासमा हुनुहुन्न । आफू आफ्ना पति स्व रवीन्द्र अधिकारीले बनाएको समृद्ध पोखराको भिजनमा दृढ रहेको र उहाँले सुरु गर्नुभएका अधुरा कामहरु पूरा गर्नुका साथै महिला, दलित, पिछडिएका र भूमिहीनहरुको हितमा काम गर्ने दृढता व्यक्त गरिरहनुभएको छ ।

    विश्व प्रसिद्ध पर्यटकीय नगरी पोखराको सुन्दरता कायम राख्न र यहाँ अहिले उत्पन्न समस्याहरुका समाधानका लागि आफू दृढ रहेको चुनाव प्रचारका क्रममा उहाँले बताउनुभएको छ । पोखरा नगरको सवारी जाम समस्या लगायत फेवातालको संरक्षण विद्याको मूल एजेण्डामा परेका छन् ।

    विद्या घरदैलोमा पुग्दा धेरैका आँखा रसाइरहेका छन् भन्नेले नेकपाले आँसुको राजनीति गर्यो भनेर नभनेका हैनन् तर रवीन्द्रलाई चिन्नेहरु विद्याको अनुहारमा रवीन्द्र देख्छन् र उनले जस्तै सत्कर्म गर्न आशीर्वाद दिइरहेका छन् । हुन त नेकपा नेताहरुले भने विद्या क्षमता, योग्यता र योगदानकै कारण उम्मेदवार बनेका बतारहेका छन् । हुन पनि २ दशकअघि नै अनेरास्ववियुको केन्द्रीय सचिव बन्न सफल उहाँ रवीन्द्रसँग विवाहपछि प्राध्यापनसँगै वुद्धिजीवी संगठनमा सक्रिय हुनुभयो ।

    नेकपाले विद्यालाई अगाडि सारेपछि आँसुको राजनीति गर्न खोजेको आरोप विपक्षीहरुले लगाइरहेका बेला छन् आइतबार कास्की २ मा भएको भेलामा नेकपा नेतृ गायत्री गुरुङ ‘कुसुम’ले विद्यामा रवीन्द्रको क्षमताको प्रतिबिम्ब चाहिँ रहेको औंल्याउँदै प्रतिबिम्ब भए पनि विद्या आफ्नै क्षमताले उम्मेदवार बनेको बताउनुभयो । कुसुमले भन्नुभयो ‘संवेदनाले मात्रै उम्मेदवार हुनु भएको होइन । उहाँमा योग्यता, क्षमता र विकासको रोडम्याप पनि छ ।’ विद्यार्थी र महिला आन्दोलनमा खेलेको भूमिकाको मूल्यांकन गरी पार्टीले उम्मेद्वार बनाएको हो ।

    नेकपा कास्की २ को भेलाले २०५१ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ । आफ्नो चुनाव प्रचारका क्रममा जनताबाट पाएको स्नेहले विद्या प्रफूल्ल हुनुहुन्छ । जनताको साथले उत्साहित हुँदै बिश्वासले सबैकुरा जितिन्छ भन्दै सामान्य प्रतिक्रिया उहाँको हुने गरेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More