आइएमई ट्राभल र क्योदाइ रेमिट्यान्सबीच सम्झौता

1 October, 2019 13:34 |कर्पोरेट/पर्यटन , जापान | comments | 6000 Views

    जापानबाट नेपाल पैसा पठाउने रेमिटान्स कम्पनी क्योउदाइ रेमिटान्सले आइएमई ग्रुपको ट्राभल कम्पनी आइएमई ट्राभलबाट नेपाल जाने आउने टिकट किन्दा लाग्ने पैसा नेपाल पठाउँदा सेवा शुल्क नलाग्ने सम्झौता भएको छ ।

    जापानमा नेपालीहरुको सख्या बढेसंगै विभिन्न ब्यबसाय बढ्ने क्रममा नेपाल जापान आउने जाने यात्रुहरुको बढ्दो चाप र अत्यधिक मागलाई मध्यनजर गर्दै सुरू भएको आइएमई ट्राभलले जापानमा पनि सेवालाई विस्तार गर्ने जनाएको छ ।

    adsads
    यसैक्र ममा क्योदाई रेमिटान्स जापानले आइएमई ट्राभलसंगको सहकार्यमा नेपाली सेवाग्राहीहरुलाई लक्षित गर्दै विभिन्न योजनाहरु सार्वजानिक गरिएको छ ।

    गत शनिबार टोकियोमा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न योजना सार्वजानिक गरियो । नयाँ योजनामा जापानबाट नेपाल आउदा जादा आइएमई ट्राभलबाट टिकट खरिद गरि क्योदाई रेमिटान्स मार्फत उक्त टिकट रकम ट्राभलको खातामा पठाएमा पैसा पठाउदा लाग्ने सेवा शुल्क निशुल्क गरिने जनाएको छ ।

    यस्तै आइएमई ट्राभलबाट टिकट खरिद गर्दा चन्द्रागिरी केवलकारको टिकट सित्तैमा उपलब्ध गराइनेछ जसका लागि ट्राभलमा सम्पर्क गर्नु पर्नेछ। यसरि टिकट खरिद गरेर नेपाल जाने सेवाग्राहीलाई आइएमई ट्राभल नेपालले अक्टोबर ३१ तारिकसम्म रिङ्ग रोडभित्र एयरपोर्ट पिकअप र ड्रपको ब्यबस्था गर्ने छ जनाएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!