आइतबारसम्म परीक्षण गरिएका चारसय ६७ मा ‘कोभिड–१९’ को नतिजा ‘नेगेटिभ’
नेपालमा आइतबारसम्म ‘कोभिड–१९’ को परीक्षण गरिएका सबै नतिजा ‘नेगेटिभ’ देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहले आइतबारसम्म ४६७ नेपालीको कोरोनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ अर्थात् सकारात्मक आएको बताउनुभयो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले सोमबार आयोजना गरेको ‘कोभिड–१९ जानकारी तथा जनचेतना’ विषयको कार्यक्रममा उहाँले भन्नुभयो, “वृद्धवृद्धामा बढी स्वासप्रश्वासको समस्या हुने भएकाले विश्वमा कोरोनाका कारण बढी तिनकै मुत्यु भएको देखिन्छ, कोरोना विशेष गरी ७८ प्रतिशत ज्वरो, ६७ दशमलव सात प्रतिशत सुक्खा खोकी, १८ दशमलव छ प्रतिशत स्वास फेर्ने कठिनाइका कारण हुने गर्छ ।”
मुलुकका १८ जनस्वास्थ्य विज्ञ कोरोना परीक्षण गर्न परिचालित छन् । मन्त्रालयले नेपाल प्रवेश गर्ने ४३ नाकामा सहायता कक्ष राखेको बताइएको छ । नेपालका तीन अस्पतालमा सघन उपचार गरिने व्यवस्था मिलाइएको सिंहले जानकारी दिनुभयो । “मुलुकमा कोरोनाको सङ्क्रमण फैलियो भने जनता भोको हुन्छ भनी सरकारले छ महिनालाई पुग्ने अन्न पनि भण्डारण गरेको छ”, उहाँले भन्नुभयो ।


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा वासुदेव पाण्डेले हरेक व्यक्तिले आफ्नो सरसफाइ र सामाजिक वातावरणमा ख्याल गरी ध्यान पु¥याउँदा कोरोनाको सङ्क्रमणबाट बच्न सकिने औँल्याउनुभयो । उहाँले भन्नुभयो, “आज हरेक नेपालीको दिमागमा कोरोनाको त्रास छ, यसलाई तपाईहरुले हटाउनुपर्छ, विश्वमा सूक्ष्म जीवाणु ९भाइरस० स्वासप्रश्वासबाट यसअघि सन् २००४ मा एचएसएनए, सन् २००५ मा एचएसएन–७, सन् २००९ मा एचवानएन–१, २०१२ मा एमइआरएस–कोभ, सन् २०१८ मा निपाच सूक्ष्म जीवाणु र २०१९ मा कोभिड–१९ गरी पटकपटक आएको देखिएको हुँदा यसबाट डराएर भाग्नाका साथै समाधानमा लाग्नुपर्छ ।” घर वा कार्यालयमा दैनिक मास्क, स्यानीटाइजर र साबुनपानीको प्रयोग गरी स्वस्थ्य खानाको सेवन गरेर नेपालीले कोरोनाको डर हटाउनुपर्ने पाण्डेको भनाइ थियो ।
नास्टका मुख्य वैज्ञानिक अधिकृत कान्ति श्रेष्ठले हरेक रोगलाई जित्न सक्ने सामथ्र्य मानिसले बनाउँदै सूक्ष्म जीवाणु नियन्त्रण गर्न सक्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “हरेक दिन ५० देखि ७० खर्ब जीव मानिसको शरीरबाट मर्ने तथा नयाँ बन्ने गर्छन्, हामीले कुनै पनि सङ्क्रमणबाट बच्न भिटामिन सी, डी र ई भएका खानेकुरा खानुपर्छ, घरेलु औषधिमा बेसार, अदुवा, सिलाम, तुलसी, सुपारी, दालचिनी, घरेलु महजस्ता चिजले मानिसको सामथ्र्य बढाउने हुँदा यसको प्रयोग गर्नुपर्छ ।”
ललितपुर महानगरपालिका– २४ का वडाध्यक्ष दिनेश कार्कीले कोभिड–१९ को सङ्क्रमणबाट जनतालाई बचाउन महानगरले मास्क निर्माण गरी रु १७ मा तयार गरिएको मास्कलाई महानगरपालिकाले रु १० र व्यक्तिले रु सात तिर्ने व्यवस्था गरिदिने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्यानीटाइजर निर्माणको तालीम सम्पन्न भएपछि ललितपुरका घरघरमा यसलाई पुर्याउने छौं ।”
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का पूर्वकर्मचारी एवं वैैज्ञानिक डा किरणराज जोशीले मानिसमा रहेको कोरोनाको त्रास हटाउन महानगरपालिकाले मास्क र स्यानीटाइजर अनिवार्य प्रयोग गर्ने अभियान सञ्चालन गर्न जरुरी रहेको आँैल्याउनुभयो । नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरका डा मुरारीमान श्रेष्ठले स्थानीय अल्कोहल प्रयोग गरी स्यानीटाइजर निर्माण गरे जस्तै जडीबुटी प्रयोग गरेर पनि हाते स्यानीटाइजर निर्माण गर्न नास्टका वैज्ञानिकलाई सुझाव दिनुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- घरबाट भागेर लजमा बसेका देवर–भाउजूको मृत्यु
- कोरोनाका कारण यस हप्ता विदेशमा थप नौ नेपालीको निधन, दुई हजार सङ्क्रमित
- चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी
- पोखरामा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणले जगाएको उत्साह
- सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ
- ‘महेन्द्र संस्कृत विश्वविद्यालय’ र ‘नालन्दा’मा लगाइएको आगोको समानता
- बजार पूँजीकरण ३२ खर्ब, शीर्ष दशमा रहेको कम्पनीको यस्तो छ विवरण
- प्रधानमन्त्री ओलीबाट चिकित्सा शिक्षाको शुल्क घटाउन निर्देशन
- के निर्णय गर्ला अब प्रचण्ड–माधव समूहको स्थायी कमिटीले
- ओलम्पिया वल्ड स्कूलका संचालकले तीन करोड ठगेपछि
- सङ्कटका बेला गैरआवासीय नेपालीको भूमिकाको परराष्ट्रमन्त्रीबाट प्रशंसा
- पूर्वजनमुक्ति सेनालाई विगतका सरकारले जस्तो धोका नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
- राष्ट्रपति बाइडेनका चुनौती- तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर
- भारतबाट आएको कोरोनाको खोप सातवटै प्रदेशमा पठाउन सुरु
- मलेशियाबाट एकजनाको अस्तुसहित १८ नेपाली कामदारको शव ल्याइयो
- स्मरणमा गोर्खा–बङ्गाल युद्ध : नेपाली सेनाले सबैभन्दा ठूलो जीत हातपारेको दिन
- निर्वाचन हुने सम्भावना छैन, संसद् पुनःस्थापना पहिलो प्राथमिकता
- कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन
- एपिएफ अस्पतालमा सडक मानवलाई निःशुल्क सम्पूर्ण सेवा : महानिरीक्षक खनाल
- धर्म र पर्यटनलाई जोड्दै तीर्थहरुमै श्रेष्ठ मानिएको देवघाटधाम
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


