कोलकाता कोलकाता

  • कोलकाता
  • कोलकाता
  • कोलकाता
  • कोलकाता
  • कोलकाता
  • कोलकाता

आइपिएलमा कोलकाता विजयी : पञ्जाव सात विकेटले पराजित

4 May, 2019 13:45 | खेल | comments | 10050 Views

कोलकाताको प्ले अफमा पुग्ने सम्भावना कायमै

कोलकाता

इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत शुक्रबार भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । गएराति भएको खेलमा किंग्स इलेभेन पञ्जाव कोलकातासंग ७ विकेटले पराजित हुन पुग्यो ।

adsads

जितसंगै कोलकाताको प्ले अफमा पुग्ने सम्भावना बलियो भएको छ । पञ्जावको घरेलु मैदान चण्डीगढमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १८३ रन बनायो। उसका लागि साम कुरान २४ बलमा ७ चौका र २ छक्कासहित ५५ रनमा अविजित रहे भने निकोलास पुरनले ४८ रन जोडे । त्यस्तै मयंक अग्रवालले ३६ रन बनाई आउट भए भने मन्दीप सिंहले २५ रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेखनिय रहेन। कोलकाताका लागि सन्दीप वारियरले २ विकेट लिए भने नितेश राना, आन्द्रे रसेल र ह्यारी गुर्नेको भागमा समान १-१ विकेट रह्यो ।

१४ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको कोलकाताले १८ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेट्टायो उसका लागि ओपनर शुभम गिलले ४९ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ६५ रनमा अविजित रहे भने क्रिश लिनले २२ बलमा ५ चौका र ३ छक्का सहित ४६ रन बनाए। त्यस्तै आन्द्रे रसेल र रोविन उथप्पा क्रमश: २४ र २२ रन जोडे भने दिनेश कार्तिक २१ रनमा अविजित रहे । पञ्जावको लागि मोहम्मद शामी, रविचन्द्र आश्विन र एन्ड्रयु टाईले समान १-१ विकेट लिए । जितसंगै कोलकाता १३ खेलमा ६ जित सहित १२ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ भने पराजित पञ्जाव १० अंक जोड्दै तालिकाको सातौं स्थानमा झरेको छ । खेलको म्यान अफ द म्याच शुभम गिल भए ।

अब अन्तिम चरणको खेलले प्ले अफमा पुग्ने अन्तिम टोलीको टुंगो लाग्नेछ । यसअघी चेन्नई सुपर किंग्स, मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स प्ले अफमा पुगिसकेका छन् । प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्दै छन् भने दोस्रो खेलमा रोयल च्यालेंजर्स बैंगलोर र सनराइजर्स हैदराबाद आमने सामने हुनेछन् । पहिलो खेल सवा ४ बजे दिल्लीको घरेलु मैदान फिरोज शाह कोटला मैदानमा हुनेछ भने दोस्रो खेल राति सवा आठ बजे बैंगलोरको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा हुनेछ ।

आइपिएलमा राजस्थानको चौथों जित : कोलकाता तीन विकेटले पराजित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कोलकाता

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More