हैदराबाद हैदराबाद

  • हैदराबाद
  • हैदराबाद
  • हैदराबाद
  • हैदराबाद
  • हैदराबाद
  • हैदराबाद

आइपिएलमा हैदराबादको सहज जित: पञ्जाव ४५ रनले पराजित

30 April, 2019 10:00 | खेल | comments | 11550 Views

हैदराबादको प्ले अफमा पुग्ने सम्भावना बलियो

हैदराबाद

इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत सोमबार भएको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । गएराति भएको खेलमा किंग्स इलेभेन पञ्जाव हैदराबादसंग ४५ रनले पराजित हुन पुग्यो ।

adsads

जितसंगै हैदराबादले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । हैदराबादको घरेलु मैदान राजिव गान्धी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै २१२ रन बनायो । उसका लागि डेभिड वार्नरले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ८१ रनको उत्कृष्ट पारी खेले भने मनिष पाण्डेले २५ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३६ रन बनाए ।

त्यस्तै ऋद्धिमान शाह २० रन बनाई आउट भए भने कप्तान केन विलियमसनले १४ रन जोडे। पञ्जावको लागि मोहम्मद शामी र रविचन्द्रन आश्विनले समान २-२ विकेट लिए। २१३ रनको चुनौतिपूर्ण लक्ष्य लिएर मैदान उत्रेको पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रन मात्र बनाउन सक्यो ।

उसका लागि केएल राहुलले ५६ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ७९ रन बनाए भने मायांक अग्रवालले २७ रन जोड । त्यस्तै निकोलास पुरनले २१ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । हैदराबादको लागि राशिद खान र खालिल अहमेदले समान ३ विकेट लिए भने सन्दीप शर्माको भागमा १ विकेट रह्यो । खेलको म्यान अफ द म्याच डेभिड वार्नर भए ।

जितसँगै १२ खेलमा ६ जित र ६ हार व्यहोरेको हैदराबाद १२ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने १२ खेलमा ५ जित र ७ हार ब्यहोरेको पञ्जाव १० अंक जोड्दै तालिकाको छैटौ स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र रोयल च्यालेंजर्स भिड्दै छन् । खेल आज राति सवा आठ बजे बैंगलोरको घरेलु मैदानमा हुनेछ ।

आइपिएल : आइतबारको खेलमा हैदराबाद र बैंगलोर विजयी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
हैदराबाद

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More