‘आइरिस ट्यालेन्ट नेशन’मा सयोग बिक्रम- सबै नेपालीबाट सहयोगको अपेक्षा (भोट गर्ने लिंकसहित)
आयरल्याण्डमा भैरहेको सांगीतिक प्रतियोगिता ‘आइरिस ट्यालेन्ट नेशन’मा नेपालका सयोग बिक्रम कुँवर राणाले प्रतिस्पर्धा गरिरहेका छन् । ९४ जना प्रतियोगी रहेको उक्त प्रतियोगितामा सयोग नेपालको प्रतिनिधित्व गर्ने एक्लो प्रतिस्पर्धी हुन् ।
नेपालदेखि आइरल्याण्डसम्म पुगेर संगीत प्रतिस्पर्धामा भाग लिएका सयोग आफ्नो प्रतिस्पर्धालाई संगीतको सार्वभौम भाषाका रुपमा लिन्छन् ।
उनी भन्छन् “संगीत एक सार्वभौमिक भाषा हो जसले विश्वको बिभिन्न क्षेत्रका मानिसहरुलाई जोड्दछ । तीमध्ये म पनि एक हुँ । संगीतलाई भविष्य, उमंग, सपना र पूजाको रूपमा लिने सयोग विद्यालयकालदेखि नै गीत रचना गर्दै र गाउँदै थिए । संगीत मेरो जीवनको अभिन्न बनेको छ ।”
सो प्रतिस्पर्धाको अहिले अन्तिम चरणमा पुगेको छ । सयोगले उपाधी जित्न केही खुड्किला मात्र बाँकी रहेको छ । उनले नेपालबाट अनलाइन भोटको आश गरेका छन् । जसको लिंक तल दिइएको छ । आफ्नो प्रतिस्पर्धाका विषयमा उनी भन्छन्- “म हृदयदेखि नै ट्यालेन्ट नेशनलाई धन्यवाद दिन चाहन्छु जसले मेरो संगीतलाई एक क्यारियरको रूपमा हेर्ने र त्यहाँ संगीतको सपना पूरा गर्न मञ्च खोज्ने प्रत्येक संगीतकारको लागि अवसर प्रदान गरेको छ । त्यस्तो सपना देख्नेमध्ये म पनि एक हुँ । म भन्न सक्दिन कि मैले नै जित पाउनु पर्छ तर म भन्न चाहन्छु कि म आफ्नो प्रशंसक र निर्णायकहरुको निर्णयलाई सम्मान गर्छु ।
प्रवाशमा रहेर नेपाल र नेपालीको सान उच्च पार्ने अनगिन्ती प्रतिभाहरु छन् । विश्वका ८० भन्दा बढी मुलुकमा छरिएर रहेका नेपालीहरुको प्रतिभा र क्षमता ती देशमा उजागर भैरहेका हुन्छन र तीमध्ये कति सार्वजनिक हुन्छ कति हुँदैन । पछिल्लो समय आयरल्याण्डको यो स्पर्धामा एक नेपाली युवाले पाइरहेको सफलता र उनले नेपाली संगीतलाई त्यति टाढासम्म फैलाउन गरेको योगदानको हामी सबैले कदर गर्नैपर्छ । उनका लागि संसारभर रहेका नेपालीहरुको साथ र सहयोग आवश्यक छ ।
भोट गर्नको लागि यो लिंकमा जानुहोला : https://www.talentnation.ie/talent-competition/SayogBikramKunwarrana/?fbclid=IwAR2zriBcGDAPNb0CQEzLt1OTYizewQhTtDa_H-6wSX10-IofvWOpw69vrl0
तपाईंको प्रतिकृया
ताजा समाचार
- कीर्तिमानै कीर्तिमान सहित सकियो १३ औं साग : १४ औं साग पाकिस्तानमा
- प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पतालमा
- पुस ४ गते संसदको हिउँदो अधिवेशन आव्हान
- फुटबलमा नेपाललाई स्वर्ण : भुटान २-१ ले पराजित
- २८ वर्षमा प्रतिव्यक्ति कूल राष्ट्रिय आयमा १३० प्रतिशतको वृद्धि
- साग फुटबल फाइनल : दोस्रो हाफलमा नेपाललाई एक गोलको अग्रता
- गैरआवासीय नेपाली संघ (एनआरएनए) तुरुन्त बन्द होस् !
- साग फुटबल फाइनल : नेपालमाथि गोल गर्यो भुटानले
- बौद्धमा युवतीले काटिदिइन् युवाको लिङ्ग
- बक्सिङका सनिल साहीले दिलाए नेपाललाई ५० औं स्वर्ण
- अन्तिम समयसम्म सेवामा सक्रिय थिए डा. नाकामुरा अफगानिस्तानमा
- काठमाडौँमा मागेर गुजारा चलाउने काम तीनदिनभित्र बन्द गर्न चेतावनी
- विद्या भरतपोखरी पुग्दा सर्वसाधारण भावुक- भने ‘जुनीजुनीलाई साथ छ’
- रंगशालामा दर्शकमाथि लट्ठीको बर्सा- प्रहरीको कुटाइबाट पत्रकार घाइते
- ‘अमेरिकासँग कैदी आदानप्रदान गर्न इरान तयार’
- मानव अधिकार उल्लंघन हुन नदिन सरकार सक्रिय : प्रधानमन्त्री
- स्वर्ण जित्ने लक्ष्य पूरा नभएपछि पदमा बसिरहन मन लागेन : खड्का
- राष्ट्रियसभामा कांग्रेस ६ सिटमा खुम्चिँदै
- जापान लैजाने कामदार छनोटबारे सरकार गुमराहमा, सीप परीक्षाको नतिजा गोप्य
- काठमाडौँमा आज बिजोर नम्बरका सवारी सञ्चालनमा रोक
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


