पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता

  • पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता
  • पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता
  • पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता
  • पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता
  • पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता
  • पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता

आइसीसीले देखाएन दया- क्यानको निलम्बन यथावत

19 July, 2019 18:33 | खेल | comments | 17250 Views

पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता

ठूलो अपेक्षा थियो नेपाली क्रिकेटले एक दिवसीय मान्यता पाएर अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च प्रदर्शन गर्दै आएपछि अब अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन फुकुवा गर्नेछ । तर आइसिसीले दया देखाएन, निलम्बन यथावत् नै राखेको छ ।

adsads

इङ्गल्याण्डको लण्डनमा बिहीबार बसेको आइसिसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल गरेन । आइसिसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई विसं २०७३ वैशाख १३ गते निलम्बन गरेको थियो । त्यसयता बारम्बार फुकुवाको प्रयास भए पनि सफल हुन सकेको छैन ।

आइसिसीको प्रतिबन्धमा रहे पनि नेपाली क्रिकेट टोलीले आइसिसीकै निगरानीमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आइरहेको छ ।

त्यसैगरी आइसिसीको बैठकले जिम्बावे क्रिकेट बोर्डलाई पनि प्रतिबन्ध लगाएको छ । जिम्बावे क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले जिम्बावेलाई निलम्बन गरेको हो । सरकारी हस्तक्षेप बढेको र आइसिसीको धारा २ (४) को ‘सी’ र ‘डी’ विपरीत काम गरेको भन्दै जिम्बावेलाई तत्कालैदेखि लागू हुनेगरी निलम्बन गरिएको हो ।

आइसिसीले निलम्बनसँगै जिम्बावेको सबै अनुदानसमेत रोक्का गरेको छ । जिम्बावे अहिले आर्थिक सङ्कटमा छ ।आइसिसीले जिम्बावे क्रिकेट बोर्डलाई तीन महीनाभित्र यस मुद्दालाई समाधान गर्न (अल्टिमेटम) समयसीमा दिएको छ ।

आइसिसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ भने मापदण्ड नपुगेको भन्दै मोरक्कोको क्रिकेट बोर्डलाई पनि निष्कासन गरेको छ ।

कप्तान खड्का भन्छन्- क्यान निलम्बन हटाउन सरकार तात्नुपर्यो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!