आइसीसी विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डलाई आइसीसी विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डलाई

  • आइसीसी विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डलाई
  • आइसीसी विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डलाई
  • आइसीसी विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डलाई
  • आइसीसी विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डलाई
  • आइसीसी विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डलाई
  • आइसीसी विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डलाई

आइसीसी विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डलाई (हाइलाइट्स)

15 July, 2019 12:30 | खेल | comments | 11250 Views

खेलको निर्णय सुपर ओभरबाट

आइसीसी विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डलाई

आइसीसी एकदिवसिय विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डले जितेको छ । आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै पहिलो पटक इंग्ल्याण्डले उपाधि चुमेको हो ।

adsads

निर्धारित ओभरमा दुवै टोलीले समान २४१ रन बनाएपछि खेलको निर्णय सुपर ओभर बाट गरिएको थियो । सुपर पर ओभरमा पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले १५ रन बनाएको थियो । उसका लागि ब्याटिङमा जोस बट्लर र बेन स्टोक्स थिए भने ट्रेन्ट बोल्टले बलिङ गरेका थिए । पहिलो बलमा स्टोक्सले तीन रन लिए भने दोस्रो बलमा एक रन लिएर बट्लरले स्टोक्सलाई स्ट्राइक दिए ।

त्यस्तै तेस्रो बलमा स्टोक्सले चौका हाने भने चौथो बलमा एक रन लिए । पाँचौं बलमा दुई रन लिएका बट्लरले छैटौं बलमा चौका प्रहार गर्दै १५ रन बनाए । १६ रनको लक्ष्य लिएर न्युजिल्याण्डको लागि जिम्मी निशम र मार्टिन गुप्टिल ब्याटिङमा उत्रिय भने जोफ्रा आर्चरले बलिङ गरेका थिए । उनले पहिलो बल वाइड गरेका थिए भने दोस्रो बलमा निशमले दुई रन लिए । त्यस्तै दोस्रो बलमा निशमले छक्का प्रहार गरेपछि न्यूजिल्याण्डलाई चार बलमा सात रनको आवश्यक पर्यो ।

तेस्रो र चौथो बलमा निशमले २-२ रन लिएपछि न्यूजिल्याण्डलाई अन्तिम दुई बलमा तीन रन आवश्यक थियो । पाँचौं बलमा निशमले एक रन लिएर गुप्टिललाई स्ट्राइक दिए । अन्तिम बलमा दुई रन चाहिएको अवस्थामा गुप्टिलले एक रन त पूरा गरे दोस्रो रन लिँदा रनआउट भएपछि न्यूजिल्याण्ड फेरी उपविजेतामा सिमित बन्यो । समान १५-१५ रन बन्येपाची खेल इंग्ल्याण्डले धेरै चौका/छक्का प्रहार गरेको अवस्थामा जित्यो भने न्युजिल्याण्ड उपविजेतामा सिमित भयो ।

यसअघी लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४१ रन बनायो । उसको लागि हेनरी निकोलसले ५५ रनको अर्धशतकीय पारी खेले भने टम लाथमले ४७ रन बनाए । त्यस्तै कप्तान केन विलियम्सन ३० फ्रान बनाई आउट भए भने निसामले १९ रन जोडे । इंग्ल्याण्डका क्रिस ओक्स र लिम प्लंकिटले समान ३-३ विकेट लिए भने जोफ्रा आर्चर र उडको भागमा समान १-१ विकेट रह्यो ।

आइसीसी विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डलाई

२४२ रनको लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्याण्डले ओभरमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाउदै २४१ रन मात्र बनाएपछि खेल बराबरी भएको थियो । निकै खराव सुरुवात गरेको इंग्ल्याण्डको पारी बेन स्टोक्स र जस बटलरले सम्हालेका थिए । यी दुईले पाँचौ विकेटको लागि ११० रनको साझेदारी गरेका थिए । ४५औं ओभरमा बट्लर ब्यक्तिगत ५९ रन बनाएर आउट भए भने बेन स्टोक्स८४ रनमा अविजित रहे त्यस्तै जोनी बेइस्र्टोले ३६,ज्यासन रोयले १७, र लियाम प्लंकेटले १० बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । न्युजिल्याण्डको लागि जिम्मी निशम र लकी फर्गुसनले समान ३-३ विकेट लिए ।

हाइलाइट्स –

विश्वकप क्रिकेट फाइनल- न्यूजील्यान्डले ब्याटिङ रोज्यो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
आइसीसी विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डलाई

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!