आईएसको तुलनामा तालिबान बढी खतरनाक

24 July, 2016 16:54 | विश्व समाचार | comments | 212850 Views

अफगानिस्तानको राजधानी काबुलमा शनिबार गराइएको आत्मघाती हमलामा कम्तीमा ८० जनाले ज्यान गुमाएका छन्।हमला यस्तो स्थानमा गरिएको थियो जहाँ हजारा समुदायका हजारौं मानिस प्रदर्शन गरिरहेका थिए। इस्लामिक स्टेटले हमलाको जिम्मेवारी लिएको छ।

taliwan

आईएसको अहिलेको स्थिति र अफगान सरकारको कारबाही हेर्ने हो भने अफगानिस्तान मा उ सकिय भएको एक वर्ष भएको छ। आइएस अफगानिस्तानको नगरहार प्रान्तको तीन चार जिल्लामा सक्रिय रहेको छ।

  

तीन महिनादेखि अफगान सरकराले नंगहरहारको सुन्नी चरमपन्थी संगठन आईएस विरुद्ध कारबाही शुरु गरेको थियो। केहि दिनभित्र १०/१५ आईएस चरपन्थीको सरकारी सेनाले मारेका छन् । र, आईएसले पनि सरकार विरुद्ध युद्धको घोषणा गरेको छ ।

शनिबारको हमला इस्लामिक स्टेटले शिया समुदायको विरुद्धमा आफु रहेको देखाउन गरेको हो । तालिबानले यस हमलाको निन्दा गरेको छ । तर, अहिले पनि अफगान सरकारको लागि तालिवानसँग भिड्नु नै ठूलो चुनौती हो ।

अफगान सरकार आईएसलाई ठूलो खतरा मान्न तयार छैन । सरकार आईएसलाई खतम गर्न सकिन्छ भन्ने मानसिकताका साथ उसका विरुद्ध ठूलो अप्रेशन सुरु गरेको हो ।

तर, आइएसले एक सानो समूहमा भएपनि सरकार बिरुद्धको युद्ध छेडेको छ । उसले सर्वसाधारणलाई निशाना बनाएको छ । जुन सरकार र आम अफगान नागरिककको लागि चिन्ताको विषय हो ।

सार्वसाधारण सुरक्षा बलसँग मिलेर आइएसको मुकाबला गरिरहेका छन्। उनीहरुमा पनि तालिबानसँग जतिको त्रास आइएससँग नरहेको देखिएको छ। तालिबानले यस वर्ष पाँच छ स्थानमा कव्जा गर्न सक्ने अनुमान गरिएको छ। जसले आफगानिस्तानको अवस्था गम्भिर बन्न सक्छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More