आईसीसीबाट नेपालले पायो पाँचदेशीय टी-२० प्रतियोगिताको अनुमति

16 August, 2019 22:05 |खेल | comments | 14250 Views

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले ओमानमा आयोजना हुने ५ देश सम्मिलित टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाललाई अनुमति दिएको छ । यसअघि नै तय भएको प्रतियोगिताका लागि नेपालको सहभागितामा आईसीसीले निर्णय नगरेका कारण खेल तालिका सार्वजनिक भएको थिएन ।

    adsads

    ५ अक्टोबरबाट १० अक्टोबरसम्म आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अगाडि हुने प्रतियोगितामा नेपाली क्रिकेट टिमले अक्टोबर ५ तारिखमा हङकङसँग खेल्नेछ । नेपालले दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्नु पर्नेछ । यस्तै प्रतियोगिताको तेस्रो खेलमा नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालको प्रतिद्वन्द्वी घरेलु टिम ओमान रहेको छ ।

    ओमान क्रिकेट संघले पहिले नै आयोजना गर्ने भनेर तय गरेको थियो । तर नेपालले विश्वकप छनोटमा स्थान बनाउन नसकेपछि नेपाल खेल्ने की नखेल्ने भन्ने यकिन थिएन । आइसीसीले नेपाललाई खेल्न अनुमति दिएपछि खेल्ने पक्का भएको हो ।

    हेर्नुहोस् खेल तालिका

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!