आउँदो दक्षिण एसियाली खेलकूदमा नेपालको लक्ष्य ५० स्वर्ण पदक
नेपालमा आयोजना हुन लागेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले ५० स्वर्णपदक जित्ने लक्ष्य लिएको छ । प्रतियोगिता आयोजनासँगै नेपालले प्रदर्शनमा सुधार ल्याउने सरोकारवालाले अपेक्षा गरेका छन् ।
नेपालले आठौँ साफमा सबैभन्दा राम्रो नतिजा हासिल गरेको थियो । त्यसयता नेपालले उत्कृष्ट नतिजा ल्याउन सकेको छैन । सन् १९९९ मा घरेलु मैदानमा भएको साफमा नेपालले ३१ स्वर्ण जित्दै दोस्रो स्थान हात पारेको थियो । नेपालले आयोजकका नाताले तेक्वान्दो र कराते खेललाई प्रतियोगितामा समावेश गरेको थियो ।
कराते र तेक्वान्दोबाट समान १४÷१४ स्वर्ण जितेको थियो । नेपाल कूल ३१ स्वर्ण, १० रजत र २४ कांस्यसहित ६५ पदक जितेर दोस्रो स्थानमा रहन सफल भएको थियो ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव रमेश सिलवालले घरेलु मैदानमा आयोजना गरिने १३औँ सागमा ५० स्वर्णपदक जित्दै सागलाई ऐतिहासिक बनाउने लक्ष्य लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “साग खेलकूद एउटा प्रतियोगिता मात्र नभएर नेपाललाई विश्वमा चिनाउने माध्यम पनि हो ।
नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्षम छ भन्ने सन्देश दिनु पनि हो । त्यसैले सबै मिलेर सागलाई सफल पारौँ ।” उहाँका अनुसार साग तयारीका लागि भलिबल, कराते, तेक्वान्दोलगायत २१ खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाइएको छ भने नेपालमै रहेका अधिकांश खेलका खेलाडीलाई विदेशी प्रशिक्षक ल्याएर प्रतियोगिताका लागि तयार गरिँदै छ ।
सन् १९८५ मा बंगलादेशको ढाकामा भएको दोस्रो संस्करणमा नेपालले एक स्वर्ण, ९ रजत र २२ कास्य पदक पाँचौँ स्थानमा चित्त बुझाएको थियो । ढाकामा धावक बैकुण्ठ मानन्धरले जितेको स्वर्ण नै नेपालको पहिलो पदक थियो । त्यसअघि सन् १९८३ मा काठमाडौँमा आयोजना भएको पहिलो संस्करणको सागमा एथ्लेटिक्स, बक्सिङ, फुटबल, पौडी र भारोत्तोलनमा सहभागिता जनाएको थियो । त्यतिबेला नेपालबाट एक सय पाँच खेलाडीले भाग लिएका थिए । प्रतियोगितामा नेपालले चार स्वर्ण, १२ रजत र आठ कास्य जित्दै चौथो स्थान हासिल गरेको थियो ।
यस्तै भारतको कोलकातामा सन् १९८७ मा सम्पन्न साफको तेस्रो संस्करणमा नेपाल पाँचौँ भएको थियो । नेपालले दुई स्वर्ण, सात रजत र ३३ कास्य पदक जितेको थियो । पाकिस्तानको इस्लामाबादमा सन् १९८९ मा सम्पन्न चौथो साफमा नेपाल एक स्वर्ण, १३ रजत र ३२ कास्यसहित चौथो स्थानमा रह्यो । श्रीलङ्काको कोलम्बोमा सन् १९९१ मा पाँचौँ संस्करण हुँदा नेपालले दुई स्वर्ण, आठ रजत र ३० कास्यसहित पाँचौँ स्थान हासिल गरेको थियो ।
बंगलादेशमा सन् १९९३ मा भएको साफमा नेपाल एक स्वर्ण, छ रजत र १५ कास्यसहित पाँचौँ स्थानमा रह्यो । भारतको मद्रासमा सन् १९९५ मा सम्पन्न सागमा नेपालले चार स्वर्ण, आठ रजत र १६ कास्य पदक जित्दै पाँचौँ स्थान हासिल ग¥यो । पाकिस्तानको इस्लामावादमा सन् २००४ मा नवौँ साफमा नेपालले सात स्वर्ण, छ रजत र नौ कास्य जितेर चौथो स्थानमा चित्त बुझाएको थियो । श्रीलङ्काले सन् २००६ मा १०औँ साग आयोजना ग¥यो । यही संस्करणदेखि उक्त प्रतियोगिता दक्षिण एशियाली खेलकूद (साग) मा रुपान्तरण भयो । कोलम्बोमा भएको प्रतियोगितामा नेपालले नौ स्वर्ण, १५ रजत र ३१ कास्य जितेर चौथो स्थान हासिल गरेको थियो । दोहोरो स्वर्ण जितेका राजेन्द्र भण्डारी डोपिङ परीक्षणमा असफल भएपछि नेपालले दुई स्वर्ण गुमाउनु परेको थियो ।
सन् २०१० मा बंगलादेशको ढाकामा सम्पन्न ११औँ संस्करणको सागमा नेपालले आठ स्वर्ण, नौ रजत र २० कास्य जित्दै पाँचौँ स्थानमा चित्त बुझाएको थियो । भारतमा सम्पन्न १२औँ संस्करणको सागमा भने नेपाल छैटौँ स्थानमा रह्यो । नेपालले तीन स्वर्ण, २३ रजत र ३४ कास्य मात्र जित्यो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ यसपटकको सागमा सबै राष्ट्रले सहभागिता जनाएको बताउनुहुन्छ ।
तेह्रौँ सागमा २७ खेल (बिच भलिबल र थ्री अन थ्री बास्केटबल)समेत गरी कुल २९ खेल समावेश गरिएको छ । दुई दशक अघि आठौँ साफमा १२ खेल समावेश गरिएको थियो । सागमा तीन हजारभन्दा बढी खेलाडी सहभागी हुने बताइएको छ । मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिता काठमाडौँसहित पोखरा र जनकपुरमा आयोजना हुनेछ । काठमाडौँमा २१, पोखरामा नौ र जनकपुरमा एउटा खेल आयोजना हुनेछ । फुटबल, भलिबल र क्रिकेटका खेल पोखरा र काठमाडौँमा हुनेछन् । प्रतियोगितामा कुल तीन सय २४ स्वर्ण, तीन सय २४ रजत तथा चार सय ८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।
सरकारले १३औँ सागका लागि झण्डै रु साढे चार अर्ब बजेट छुट्टयाएको छ । पूर्वाधार निर्माणका लागि रु एक अर्ब ६२ करोड तथा प्रतियोगिता आयोजनाका लागि रु तीन अर्ब ६५ करोड बजेट रहेको छ । विसं २०७२ मा गएको भूकम्पका कारण क्षति भएको खेल मैदान निर्माण तीव्र गतिमा भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, पोखरा रङ्गशाला, सातदोबाटोस्थित स्वीमिङ पुललगायत संरचजना पुनःनिर्माण एक हप्ता भित्र तयार हुने यूवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बताउनुभयो । “पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- दशौं सागमा स्वर्णपदक विजेता कमल जुत्ताका कारण काँस्यमा सीमित
- गौरिकाले जितिन् दोस्रो स्वर्ण- व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने पहिलो खेलाडी
- गोली लोड रहेको पेस्तोल सहित लाखौंका अवैध सामान बरामद
- तेह्रौँ साग : क्रिकेटमा पुरुष टोली विजयी महिला टोली पराजित
- शालिग्राम सङ्ग्रहालय
- सिद्धबाबालाई सात दिन म्याद थप- अस्पतालमै हिरासतकक्ष बनाएर बयान लिइने
- कुलमानलाई एक लाख रुपैयाँ राशिको नाष्ट प्रविधि पुरस्कार
- गल्फमा नेपाललाई दुई स्वर्ण- पाँच हजार मिटर दौडमा गोपीचन्द्रले दिलाए स्वर्ण
- शनिबार साग म्याराथन मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन अनुरोध
- टोकियोमा नेपाली विद्यार्थी सुरज मल्लको निधन
- सङ्घीयताको कार्यान्वयनमा तीनै तहको समन्वय आवश्यक
- आजबाट बक्सिङ, स्क्वास, फेन्सिङ र कुस्तीका खेल हुँदै, कुन खेल कहाँ ?
- मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी
- होटल, रेष्टुराँमा बाल श्रमिक र न्यून ज्लालाका समस्या यथावत
- शिक्षा क्षेत्रमा राजनीतित नगर्न पूर्व राष्ट्रपति डा. यादवको आग्रह
- सिद्धबाबामाथिको आरोप : फसाउने षड्यन्त्रका सनसनीपूर्ण तथ्य
- ‘आफ्ना सन्ततिका लागि जलवायु परिवर्तन समस्या हल गर’
- आजको राशिफल– २०७६ मंसिर २० गते शुक्रबार
- ५८ स्वर्णसहित भारत अग्र स्थानमा- ३६ स्वर्णसहित नेपाल दोस्रो
- सरकारको आगामी अभियान : पर्यटनका लागि एक दशक
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


