आउ मनाउँ मिलनको पर्व

17 January, 2015 15:48 | जन सरोकार , सुदुर पश्चिमाञ्चल | comments | 46350 Views

melaसुदूरपश्चिम आफैमा बिभिन्न जातजाति भाषाभाषी धर्मावलम्वीहरुको स्थान हो । कला र संस्कृतिको धनिको रुपमा सुदूरपश्चिमलाई लिने गरीन्छ ।

सुदूरपश्चिमको पहाडि जिल्ला हो डोटी । जहाँ शनिबार बिहानैदेखि मिलनको पर्व अर्थात उत्तरायणी मनाउने कार्यक्रम सुरु भएको छ । यो पर्व सुदूरपश्चिममा रातभर डेउडा खेल्दै रमाईलो गर्दै मनाइने पर्वको रुपमा परीचित छ ।

परापूर्वकालदेखी नै पहाडी जिल्लामा हरेक माघ महिनाको ३ गते मनाईने यस चलन पर्वका रुपमा लिईंदै आएको पाइन्छ । यो पर्वको दिन विवाह भएर आफ्ना घर गएकी छोरी बहिनीहरुलाई बोलाई दान दक्षिणा दिने प्रचलन रहिआएको छ।

  

उत्तरायणी मनाउनेहरु शनिबार दिनभर डाँडापाखामा नै रमाउने गर्दछन् । खानामा मासको पिठोको बटुक, सुदुरपश्चिमको प्रख्यात दाल डुप्का, भात, सेल रोटी पकाउँदै सबै एकै ठाउँमा बसी खाना खाने तथा आगन्तुक पाहुनालाई पनि खुवाउने प्रचलन रहि आएको छ ।

‘बर्षभरी भेटघाट नभएका छोरी चेली तथा बोलचाल नभएकाहरुसंग पनि भेटघाट तथा बोलचाल हुने भएकाले यो पर्वलाई मिलन तथा मित्रताको पर्बका रुपमा लिइन्छ ।’यस पर्व सुदूरपश्चिका पहाडी जिल्लाहरु डडेल्धुरा, बझाङ्ग, बैतडी, अछाम, बाजुरा, दार्चुला तथा डोटीमा महत्वका साथ मनाइने गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More