प्याराग्लाइडिङमा पर्यटक ओईरिदै

24 March, 2015 11:02 | क्षेत्रीय समाचार , जन सरोकार | comments | 111150 Views

maxresdefault

-धन बस्नेत

जोमसोमको हवाई उडान बन्द भएपछि सराङकोटको आकाशमा प्याराग्लाइडिङको लागि पर्यटक ओईरिने गरेका छन् । भर्खरै प्याराग्लाइडिङको प्रि—वल्र्डकप सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाई पोखरा हुदैं आएको छ । त्यसमा पनि साहसिक पर्यटनको लागि प्याराग्लाइडिङ गर्न पोखरा आउने बाह्य पर्यटकको लर्को नै छ।

  

प्याराग्लाइडिङ कम्पनीले दैनिक तीनदेखि चार व्यवसायिक उडान गर्दै आएका छन् । ‘प्राधिकरणले केवल आकाशको शुल्क मात्रै लिने गर्छ । प्याराग्लाइडिङ व्यवस्थापन केन्द्रीय तहबाटै हुन्छ । व्यवस्थापन गर्ने गृहकार्य भईरहेको छ।’प्राधिकरणका कर्मचारीले भने—‘जोमसोम उडान बन्द भएपछि त्यस रुटको आकाश खुला हुदाँ त्यही आकाशको शुल्क लिएर इजाजत दिने गरिएको छ।’

para1व्यवसायिक उडान कम्पनी र पाईलटको दैनिक रोजीरोटी हो । पोखरा र आसपासका क्षेत्रमा प्याराग्लाइडिङ उडानको लागि कम्पनी १९ दर्ता हुदैं उडान शुरु गरेका छन् । कम्पनीले नागिरक उडड्यन प्राधिकरण उडान अनुमति शुल्क मात्रै वार्षिक सवा छलाख रुपियाँ बुझाउँदै आएका छन् । ‘प्राधिकरणले केवल शुल्क मात्रै उठाउने गरेको छ तर उद्दारको लागि भने स्वयं कम्पनी नै सजग बन्नुपर्ने विडम्बना छ।’ कम्पनीहरुको गुनासो छ—‘सरकारलाई कर तिरिसकेपछि पाईने आवश्यक सुविधाबाट समेत प्याराग्लाइडिङ बन्चित भएको गुनासो कम्पनीहरुले गर्दै आएका छन् । कम्पनीको गुनासोलाई भने सरकारले ध्यान अझै दिन सकेको छैन् ।’

नेपाल पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा तयार गरिएको ‘नेपाल हवाई खेलकुदलाई व्यवस्थित गर्ने नियमावली २०६९’बनाएको छ । नियमावलीले माइक्रो लाइट, प्याराग्लाइडिङ, स्काई डाइभ, ह्याङग्लाईडर, प्यारामोटर, अल्ट्रालाईट तथा हटएयर बेलुनलाई व्यवस्थित गर्ने छ । अवैध रुपमा रहेका विदेशी पाईलटलाई समेत नियमावलीले बाँध्ने छ । त्यसैगरी नियमावलीमा उडान भर्न सिकाउने विद्यालयलाई समेत लाईसेन्स दिने व्यवस्था गरेको छ । पोखरामा विभिन्न कम्पनीहरुले प्याराग्लाइडिङ उडान सम्बन्धी प्रशिक्षण दिदैं आएका छन् । नियमावलीले पोखरासँगै अन्य ठाँउमा हवाई खेलकुदको विकास र विस्तारको लागि आवश्यक अध्ययन गर्ने बाटो समेत खुला गरेको छ। यद्यपी यसलाई कार्यान्वयनमा ल्याईसकेको छैन् ।

सरकारले प्याराग्लाइडिङ व्यवस्थित गर्न सकेको छैन् । धमाधम स्वीकृति दिएको छ । यसले आकाशलाई थप जोखिमयुक्त बनाउँदै गएको छ । । तर विडम्बना सरकारले दिने इजाजत पत्र कुर्दाकुर्दै १७ वर्ष वित्यो । दैनिक रोजीरोटी गर्ने पाईलट विना इजाजत आकाशमा उड्छन् । नेपाली पाईलटले व्यवसायिक उडानको अनुमति सरकारले अझै दिन सकेको छैन् । प्याराग्लाइडिङ कम्पनी विदेशी पाईलटको भरमा व्यवसायिक उडान भर्नुपर्ने बाध्यतालाई निरन्तरता दिदैं आएका छन् । व्यवसायिडक उडानको अनुमति दिन बनाइएको नियमावली पनि कार्यान्वयन भएको छैन् । कार्यान्वयन नहुदाँ साहसिक पर्यटनको गन्तव्य पोखराको प्याराग्लाइडिङ थप जोखिममा परेको छ ।

कम्पनीहरुमा अहिले नेपाली ७४ जना पाईलटले व्यवसायिक टेण्डम उडान गर्दै आएका छन् । ४० जना व्यवसायिक टेण्ड्म उडानको तयारीमा छन् । ८० जना पाईलट भने शोलो उडान गरिरहेका छन् । नेपाल हवाई खेलकुद संस्थाका अनुसार दक्ष पाईलट बन्न झण्डै १५ लाख रुपियाँ खर्च हुने गरेको छ । पोखरामा १९ वटा प्याराग्लाइडिङ कम्पनी छन् । पोखराको प्याराग्ल्याडिङमा २० अर्ब भन्दा बढी लगानी भईसकेको छ ।

-आविष्कार दैनिक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More